गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर

बुलेटिन संवाददाता
७ जेष्ठ २०७७, बुधबार १५:३३

काठमाडौं । गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यममा उनको मृत्यु भएको भन्दै समाचार प्रकाशित भएपछि अस्पतालले त्यसको खण्डन गर्दै उनको आईसीयू कक्षमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

अस्पतालले गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुष एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिएर अस्पतालमा आएपछि उपचार भइरहेको विज्ञप्तिमा जनाएको छ । सोही क्रममा कोरोनाको आशंकामा वैशाख २ गते प्रादेशिक जनस्वास्थ्य प्रशोगशालामा नमुना पठाइएकोमा उनमा जेठ ५ गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको थियो ।