सहकारी र लघुवित्त: कोरोनासंग जुधिरहेको अर्थतन्त्र सम्हाल्ने मजबुद विकल्प

बासु बेलवासे
३ जेष्ठ २०७७, शनिबार २२:१८

बुटवल । विश्व कोरोना भाइरसको महामरिबाट आक्रान्त भयको बेला नेपाल पनि यस बाट आछुतो रहन सकेन । माहामारीबाट बच्नको लागी बिश्वका शक्तिरास्ट्रहरु खोप तथा औसधीको बिकासमा लागी रहँदा हाम्रो जस्तो बिकासोन्मुख मुलुकका लागी भने थुप्रै चुनौतीको सामना गर्नु पर्ने निश्चित प्राय: छ ।

एकातिर रोगसङ लड्नु त छदै छ, अर्कोतर्फ बिदेशमा अल्पत्र परेका नेपाली नागरिकहरुको जतिसक्दो छिटो नेपाल फिर्ता गराउनु छ । एकै पटक लाखौ नागरिक स्वदेश फिर्ता हुदा सम्पुर्ण नागरिकहरुको लागी रोजगारको ब्यबस्था गर्नु कठिन छ ।

त्यस्ता जनशत्तिको ब्यावस्थापनको लागी सहकारी तथा लघुबित्तको पुजीलाइ प्रभावकरी परिचालन मार्फत ब्यावस्थापन गर्न सकियो भने एकातर्फ बिद्यमान बैँकिङ क्षेत्रमा पर्न सक्ने चाप लाई केही हद सम्म कमी गर्न सकिन्छ भने अर्को तर्फ स्थानिय स्तरमै रोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिन्छ ।

युवा शक्तिको साथ र सहयोगबिना आर्थिक समृद्धि पूरा हुन सक्दैन त्यसैले सहकारीको माध्यमबाट युवालाई समेट्नु आवश्यक छ । सहकारीको माध्यमबाट युवालाई स्वदेशमै रोजगारमूलक व्यवसायमा लगाउन सकेमात्रै स्वदेशी अर्थतन्त्र बलियो हुन सक्नेमा दुइमत हुदैन ।

नेपाल जस्तो गरीब मुलुकमा लघुवित्त वित्तीय संस्थाले धेरै ठुलो भुमिका खेलेको हुन्छ । यसले गरीबी न्युनीकरणमा पनि सहयोग पुर्याउदै आएको छ । लघुवित्त वित्तीय संस्थाले थोरै लगानीबाट उद्यमशिलता हासिल गर्ने महत्वपुर्ण भुमिका निर्वाहा गरेको हुन्छ । तर लघुवित्त वित्तीय संस्थाले अरु बैंकहरुले भन्दा कम रकम मात्र उपलब्ध गर्दछन ।

त्यस्तै अहिलेको जस्तो जटिल परिस्थितीमा लघुवित्त वित्तीय संस्थाले गरीबी तथा कम आयस्तर भएका व्यक्तिहरुका लागी सरल रुपमा विना धितो कर्जा उपलब्ध गराउने भएकाले यो लघुवित्त संस्था गरीब तथा विपन्न व्यक्तिका लागि एउटा देशको मेरुदण्डको रुपमा काम गर्न सक्दछन । यो पछिल्लो समयलाई हेर्ने हो भने १५/२० बर्षमा झण्डै २५ प्रतिशत जनसङख्या गरीबीको रेखाबाट माथि उठेका छन् , जसमा लघुवित्त संस्थाको ठुलो हात रहेको छ । धेरै मानिसहरुले लघुवित्तबाट नै कर्जा लिने गरेका छन् । यो महामारिको समयमा पनि यिनै लघुवित्त संस्थालाई अगाडी लगाई गरिवि न्युनिकरण र युवा जनशक्ति परिचालन गर्न सकिन्छ ।

बिप्रेशनमा कमी आउदा आन्तरिक मागमा कमी आई स्वदेशमा बिद्यमान रोजगरीका क्षेत्र जस्तै निर्माण,होटल, ब्यावसायिक कृषि ,शपिङ महल लगायत सङठित तथा असङठित क्षेत्रमा रोजगारी गुमाउन सक्ने फलश्वरुप गरिबी चक्र झन गहिरिएर लामो समय सम्म अर्थतन्त्रमा पर्तिकुल असर पर्न सक्छ ।

यस्तो स्थितीबाट माथी उठनको लागी सहकारी र लगुबित्तलाई अर्थतन्त्र पुनर्जीवनको महत्वपुणै साधनको रुपमा प्रयोग गर्न सकिन्छ । सहकरी क्षेत्रमा बिद्यमान नकारात्मक चिन्तनलाइ ब्यबस्थापन गरी महत्पुर्ण साधनको रुपमा अगि बडाउन सके समग्र आर्थिक सामजिक तथा राजनैतिक रुप मा आत्मनिर्वर बन्न सकिन्छ ।