भोको पेटको सारथी वन्दै व्यवसायी जैयसवाल

नारायण वली
३ जेष्ठ २०७७, शनिबार २०:२३

बुटवल । कोरोना भाईरसको कारण जारी लकडाउनले गर्दा यतीवेला धेरैलाई आ–आफ्ना समस्याहरुले पिडित वनाउन थालेको छ । अहिले मानिसहरुको प्रमुख समस्या भनेको गास भएको छ ।

महामारी रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड–१९० ले अहिले नेपाल लगायत विश्वका धेरै देशहरु प्रभावित वन्न पुगेका छन् । जसका कारण व्यापारिक केन्द्र, वजार लगायत सवै ठप्प हुँदा दैनिक ज्याला मजदुरीमा काम गर्ने विपन्न वर्गहरुको त्यसको प्रत्यक्ष मर्कामा पर्दै आएका छन् ।

यसै सन्दर्भमा नेपालमा लकडाउन शुरु भएसंगै उत्पन्न संकटको चपेटामा परेका त्यस्ता वर्गहरुको पहिचान गरी बुटवलमा एक व्यवसायी विपन्न वर्गहरुको भोको पेटको साहरा वन्दै आएका छन् । जय माता दि एम्युजमेण्ट प्रालीका सञ्चाल राजविर जैयसवाल सारथी वन्न पुगेका हुन् ।

उनी भन्छन्, यो महामारीको वेला समस्यामा परेकाहरुको मानविय रुपले पनि सहयोग गर्नुपर्ने भन्दै आफु उक्त सहयोग कार्यमा जुटेको वताएका छन् । यस्तै शनिवार  जैयसवालले बुटवलको देवीनगरमा  भाडामा वस्दै आएकी कल्पना चौधरी, त्यस्तै मिलन चोक वस्ने मुकेश जैयसवाल र बुद्धनगरमा वस्ने सुनिता बिकलाई खाद्यान्न वितरण गरेका छन् ।