नगरपालिकाको कोरोना राहत कोषमा यातायात व्यवसायीले डेढ लाख थपिदिए

भोजराज भट्टराई
८ बैशाख २०७७, सोमबार २०:२७

पाल्पा  । तानसेन नगरपालिकाको कोरोना राहत कोषमा सोमबार श्रीनगर यातायात सेवा कम्पनीले १ लाख ५१ हजार हस्तान्तरण गरेका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण तथा उपचार कोषमा श्रीनगर यातायात सेवा प्रा.लि.ले सोमबार रकम हस्तान्तण गरेको हो ।

सोमबार तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीलाई चेक मार्फत १ लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि.का अध्यक्ष डिलबहादुर ढुङ्गानाले जानकारी दिनुभयो । सार्वजनिक यातायातको क्षेत्रमा भएका अनेक कठिनाइलाई पन्छाउदै बिश्वब्यापी फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यले न्यून आम्दानी भएका परिवार तथा दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई राहत बितरण गर्नका लागि तानसेन नगरपालिकाको कोरोना राहत कोषमा रकम हस्तान्तरण गरेको अध्यक्ष ढुङ्गानाले बताउनुभयो । व्यवसायसँगै सामाजिक उत्तरदायित्व पूरा गर्दै नाफा भन्दापनि सहयोग र समाजसेवाको रूपमा कम्पनीलाई चिनाउन पाउदा सन्तुष्टि मिलेको कम्पनीले जनाएको छ ।

पाल्पाको तानसेनमा प्रधान कार्यालय रहेको कम्पनीले पाल्पाका सबै ग्रामीण क्षेत्र तथा छिमेकी जिल्लामा सार्बजनिक यातायात सञ्चालन गर्दै आएको छ । कोरोना भाइरसको जोखिम बढिरहेको अवस्थामा श्रीनगर यातायात सेवा कम्पनीले गरेको सहयोगको उच्च प्रसंशा गर्दै नगरप्रमुख अशोककुमार शाहीले धन्यवाद सहित आभार ब्यक्त गर्नुभयो ।

यस्तै सोमबार नै बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था र बर्तुङ्ग खानेपानी उपभोक्ता समितिले तानसेन नगरपलिकाको राहत कोषमा ११ र ११ हजार रुपैयाँ हस्तान्तरण गरेको अध्यक्ष बिधानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । संघसस्थाहरूले गरेको महत्त्वपूर्ण सहयोगप्रती सर्वसाधारणको तर्फबाट सामाजिक संजालमा प्रसंशा गरिएको छ ।