समयमै राहत सामग्री उपलब्ध गराउन अपिल

बुलेटिन संवाददाता
७ बैशाख २०७७, आईतवार ०७:३७

पाल्पा, ६ वैशाख
नेपाली कांग्रेस पाल्पाले संसारभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रुप लिँदै त्रासको वातावरण सिर्जना हुँदै गएको वर्तमान परिस्थितिमा आम नागरिकहरूको स्वास्थ्यप्रति सचेत रहँदै सुरक्षित रहन सबै पाल्पालीलाई आग्रह गरेको छ ।

पार्टी सभापति तथा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य बीरबहादुर रानाले शनिबार विज्ञप्ति जारी गर्दै पाल्पा जिल्लाका सबै तहगत संरचनामा रहेका नेतृत्वलाई यथा समयमा आवश्यक राहत सामाग्री उपलब्ध गराउन आग्रह गर्नुभएको छ । उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘राहत वितरणका सन्र्दभमा केही स्थानमा गुनासो समेत आएकोले त्यसलाई सुधार गर्न आग्रह गर्दै लकडाउनका समयमा दैनिक ज्यालादारी मजदुरी गरेर जीवन निर्वाह गर्ने मजदुर र श्रमजीविवर्गलाई ठूलो मार परेको हुँदा पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दछौं ।’

विज्ञप्तिमा सभापति रानाले आवश्यक राहतको अभावमा खान र बस्न समस्या झेलेका मजदुर र न्यून आयस्रोतका कारण भोकमरी समस्यामा परेका, कतिपय हिंडेरै घरतर्फ जाने क्रममा बाटोमै अलपत्र परेका, कार्यक्षेत्रमै कष्टकर जीवन बिताउन बाध्य उनीहरूका लागि गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाउन जोडदार माग गर्नु भएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस विषंम परिस्थितिमा अझ उच्च मनोवलकासाथ कार्यक्षेत्रमा लाग्न र उच्च सुरक्षा प्रवन्ध मिलाउन गरिएका परिक्षणलाई थप तिव्रता दिन एवं औषधी उपचारको राम्रो प्रवन्ध मिलाउन हार्दिक अपिल गर्दछौं ।’