कोरोनाको आशंका गरिएका एक बिरामीको तौलिहवा अस्पतालमा मृत्यु

बुलेटिन संवाददाता
२४ चैत्र २०७६, सोमबार २३:०५

बुटवल । कोरोनाको आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेसन उपचाररत एक् बिरामीको मृत्यु भएको छ । सोमवार साँझ ८ बजे बिजयनगर गाउँपालिका– २ जलैयाका ३० बर्षीय युवक गोबर्धन भरको मृत्यु भएको अस्पतालका मेडिलक सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले जानकारी दिनुभयो ।

उनको स्वाव कोरोना परिक्षणका बुटवल ल्याइएकोभ भए पनि अझै रिर्पोट आइसकेको छैन । उनी कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएर गम्भिर विरामी परेपछि कोरोनाको आशंकामा कपिलवस्तु अस्पताल भर्ना गरिएको थियो ।

उनको मृत्युको कारणबारे अस्पतालले केही खुलाएको छैन । मृतक लामो समयदेखि क्षयरोगको बिरामी समेत रहेको बताइएको छ । पछिल्लो समय उनलाई ज्वरो र रुघाखोकी लागेपछि कोरोना आशंकाले कपिलवस्तु अस्पतालको आइसुलेसनमा भर्ना गरिएको थियो ।