लकडाउनमा थप कडाई एक पालिका देखि अर्को पालिकाको बाटो शील

बिन्दु कुमार चौहान
२४ चैत्र २०७६, सोमबार २१:३२

लुम्बिनी । रुपन्देहीको भारतीय सीमावर्ती क्षेत्रमा आधा दर्जन कोरोना संंक्रमित भेटिएपछि लकडाउन माथि थप कडाई गरि एक गाँउपालिका देखि अर्को गाँउपालिकाको पनि बाटो शील गरिएको छ ।
जिल्लाको स्थानीय निकाय कंचन गाँउपालिका सरकारले कोरोना भाईरसको संक्रमणलाई रोक्न प्रहरीको समन्वयमा स्वयंसेवक परिचालन गरि ५० बटा बाटो शील गरेको हो ।
कंचन गाँउपालिका सँग जोडिएका पश्चिम कपिलबस्तुजिल्ला पूर्ब तिलोत्तमा नगरपालिका, उत्तर अर्घाखाँची जिल्ला र दक्षिण गैडवागाँउपालिकाको सीमाना सँग जोडिएका करीब ५० वटा मूल तथा सहायक बाटोहरुमा ८ ,१० जनाका दरले परिचालित स्वयंसेवकहरु अपरिचित मानिसहरुको आवतजावतमा रोक लगाई लकडाउनलाई थप प्रभावकारी बनाई रहेको कंचन गाँउपालिका प्रमुख गोकर्ण क्षेत्रीले जानकारी गराए ।
कंचनगाँउपालिकालाई कोरोना भाईरसको संक्रमणबाट बचाउन सर्बदलीय बैठकबाटै स्वयंसेवक परिचालन गरि बाटो अन्तर पालिका सँग जोडिएका बाटो बन्द गर्ने निर्णय पश्चात दुई दिन देखि प्रहरी सँगै स्वयंसेवकहरु परिचालन गरिएको नेपाली काँग्रेस सभापति हेम बहादुर क्षेत्रीले बताए ।
कंचनगाँउपालिकाले बिभिन्न ठाँउमा स्वयंसेवक परिचालन गरेपछि प्रहरीलाई लकडाउन कार्यन्वयन गराउन थप बल प्रदान गरेको सशस्त्र प्रहरी बेस क्याम्प लोण्डिहवाले जानकारी गराएको छ ।