अग्लुङ्ग बुटवलद्धारा माक्स तथा सेनिटाइजर वितरण

विवश विष्ट
२२ चैत्र २०७६, शनिबार १७:४९

बुटवल । अग्लुङ्ग बुटवल सम्पर्क अभियानले सुरक्षाकर्मीलाई  माक्स तथा सेनिटाइजर वितरण गरेको छ । बुटवल उपमहानगरपालिकाका विभिन्न स्थानमा रहेका सुरक्षाकर्मीहरुलाई माक्स , सेनिटाइजर पानी र जुस वितरण गरेको हो।

शनिवार बुटवलको चौराहा देखि गोलपार्कसम्म रहेका ४०,५० जना सुरक्षाकर्मीहरुलाई माक्स, शुद्ध खानेपानी, जुस तथा खानेकुराहरु चाउचाउ, बिस्कुट लगायतका सामाग्री वितरण गरिएको महासचिव सुमन खत्रीले बताए ।

जनतालाई कोरोना भाइरसबाट बचाउन लागिरहेका सुरक्षाकर्मीलाई  ब्यक्तिगत स्वास्थ्य सुरक्षकालागी माक्स, सेनेटाइजर लगायत सामाग्रीहरु प्रदान गरिएको संस्थाका महासचिव सुमन खत्रीले जानकारी दिए।