बुटवलको कोरोना विशेष अस्पतालमा आइसोलेसनमा रहेका एक युवाको मृत्यु

बुलेटिन संवाददाता
१६ चैत्र २०७६, आईतवार १६:०६

बुटवल । कोरोना भाइरसको आंशकामा आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सन्चालित कोरोना बिशेष अस्पतालमा आइसोलेसनमा रहेका रुपन्देहीको  सैनामना नगरपालिका वडा नम्बर ४ का ३४ वर्षीय युवाको आइतबार मृत्यु भएको हो ।

उनी हालै वैदेशिक रोगजारीपछि संयुक्त अरब इमिरेट्सको दुबईबाट फर्किएका थिए भने शुक्रबार उनलाई बुटवलको कोराना अस्पतालको आईसोलेनमा राखिएको थियो ।

उनको स्वाव परीक्षणका लागि काठमाडौ पठाइएको तर रिपोर्ट आइनसकेको अस्पतालले जनाएको छ ।

काठमाडौंबाट रिपोर्ट आएपछि उनको कोरोना भाइरसका कारणले मृत्‍यु भएको हो वा होइन भन्ने बारे खुल्ने अस्पतालले जनाएको छ ।