पाल्पाका जनप्रतिनिधिहरूद्वारा गलत प्रचारप्रति खेद व्यक्त

बुलेटिन संवाददाता
१५ चैत्र २०७६, शनिबार २०:४७

पाल्पा । साामाजिक सञ्जालमा आफूहरूविद्ध मिथ्या प्रचार गरिएको भन्दै यहा“का जनप्रतिनिधिहरूले खेद व्यक्त गरेका छन् । केही दिन यता सामाजिक सञ्जालमा पाल्पाका जनप्रतिनिधिहरूले कोरोना संक्रमण रोकथामका लागि जिल्लामा आएको ५ थान पिपिइ प्याकेटबाट मास्क झिकेको भन्ने प्रचार मिथ्या रहेको भन्दै उक्त प्रचारप्रति पाल्पाका जनप्रनितिहरूले शनिबार गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्य र वीर बहादुर राना, तानसेन नगरप्रमुख तथा नगरपालिका संघका केन्द्रीय सदस्य अशोक कुमार शाही, बगनासकाली गाउ“पालिका अध्यक्ष तथा गाउ“पालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद बस्याल र रिब्दीकोट गाउ“पालिकाका अध्यक्ष नारायण बहादुर जि.सी.ले चैत्र १५ गते शनिबार संयुक्त विज्ञप्तिमार्फत कपालेकल्पित आरोप दुस्प्रचार गर्ने कार्य भएको भन्दै खेद व्यक्त गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ– ‘विश्वव्यापी रूपमा महामारीको रूप लिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि प्राप्त उक्त सामग्री सम्बन्धित निकायमा हस्तान्तरणका लागि जिल्ला प्रशासन कार्यालय पाल्पाले समन्वय गरेको छ । संक्रमण रोकथाममा अहोरात्र खटेका जनप्रतिनिधि, सामाजिक कार्यकर्ताप्रति सामग्री दुरुपयोग गरेको भन्ने खबर कपोलकल्पित आरोपसहितको दुस्प्रचार गर्ने कार्य हो ।’

विज्ञप्ती मार्फत कोरोना संक्रमण रोकथाम सम्बन्धी प्राप्त सामग्री जिल्ला प्रशासन कार्यालय पाल्पा र स्वास्थ्य कार्यालय पाल्पामार्फत वितरण भइरहेको प्रष्ट्याइएको छ । यसका साथै अहिलेको अवस्थामा केन्द्र सरकार, प्रदेश सकार र स्थानीय सरकारले सञ्चालन गरेको कोरोना संक्रमण रोकथाम अभियानमा उच्च मनोवलसहित सहयोग गर्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दैनिक उपभोग्य वस्तु विक्रेता तथा वितरक, सामाजिक कार्यकर्ता, सञ्चारकर्मी लगायत अत्यावश्यक सेवाका खटिने सवैलाई अनावश्यक हल्लाको पछि नलाग्न अनुरोध गरिएको छ । साथै विज्ञप्ती मार्फत पिपिइ सामग्री सम्बन्धि यथार्थ छानविनसहित जनप्रनिनिधिहरूलाई बदनाम गराउने तथा प्राप्त सामग्री दुरुपयोग गर्ने उपर अविलम्ब आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय पाल्पाको ध्यानाकर्षण गरिएको छ ।

कोरोना संक्रमण रोकथामका लागि आवश्यक सुरक्षात्मक तथा उपचारात्मक सामग्री आवश्यक मात्रामा आपूर्तिका लागि प्रदेश सरकार र केन्द्र सरकारस“ग अनुरोध गरिएको छ । योस“गै अत्यावश्यक काम नपरि घर बाहिर ननिस्कन समेत विज्ञप्तीमार्फत अपिल गरिएको छ ।

‘पाल्पामा चौधरी ग्रुपले स्वास्थ्य कर्मीलाई भनेर पठाइएको PPE को SEAl तोडी जनप्रनिधिहरू र प्रशासनका अधिकारीहरूले त्यसमा भएका मास्क झिकेर आफूले राखेको घृणित समाचार पनि पढ्न पाइएको छ ’ भन्ने  जस्ता अभिब्यक्तिहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए । यो सामग्री सामाजिक सञ्जालमा भाइरल भएको केही दिनपछि मात्र जनप्रतिनिधिहरूको विज्ञप्तिसहितको प्रतिक्रिया बाहिरिएको हो ।