इटलिका पछिल्ला २४ धण्टा : कोरोना भाइरसबाट ४४ डाक्टरसहित १९ जनाको मृत्यु !

बुलेटिन संवाददाता
१५ चैत्र २०७६, शनिबार ०९:५०

काठमाडौ । इटलीमा कोरोना भाइरसबाट एकदिनमा ९ सय १९ जनाको मृत्यु भएको छ । यो संख्या एक दिनमा मृत्यु हुने सबैभन्दा धेरै हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले इटलीमा ४४ चिकित्सकसहित ९ सय १९ जनाको मृत्यु भएको जनाएका छन् ।

पछिल्लो २४ घन्टामा ५ हजार ९ सय ९ नयाँ संक्रमित भेटिएका छन् । जनतालाई घरमा बस्न लगाउनका लागि सरकारले सेना परिचालन गरेको छ । तर पनि जनता सडकमा निस्किन अझै छाडेका छैनन् ।

इटलीमा अहिलेसम्म ९ हजार १ सय ३४ जनाको मृत्यु भइसकेको छ । यहाँ ८६ हजार ४ सय ९७ जना संक्रमित रहेका छन् । सरकारले चालेका हरेक प्रयास यहाँ असफल भएका छन् ।

इटली स्वास्थ्य क्षेत्रमा संसारमै प्रगति गरेको देश हो । तर पनि यहाँ कोरोना भाइरसको संक्रमण फैलिँदो छ । यहाँका नागरिकले लकडाउन नमानेका कारण यस्तो अवस्था आएको हो ।

इटलीमा संक्रमित मध्ये झण्डै ६ हजार स्वास्थ्यकर्मी छन् । कोरोना भाइरसको सुरुवाती उपचारमा पिपिई नलगाइकन काम गरेकाहरु संक्रमित भएका थिए । पछिल्लो समय भने पिपिई लगाएर उपचारमा संलग्न रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।