शुद्धोधनमा ११ जनालाइ क्वारेन्टाइनमा राखियो

अर्जुन खत्री
१३ चैत्र २०७६, बिहीबार २०:२१

फर्साटिकर रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउपालिकाले सञ्चालन गरेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ११ जनालाइ बिहीवारबाट राखिएको छ।
सुनौली नाका हुँदै भारतबाट विभिन्न ठाउबाट आएका ११ जनामध्ये ९ जना झापाका १ जना मोरङ  १ जना ताप्लेजुङका पुरुषहरु रहेका छन । १४ दिन सम्म क्वारेन्टाइनमा राखीने ब्यक्तिहरुको चेक जाचका लागि ३५ जना स्वास्थ्यकर्मी आलोपालो गरि खटाइएको छ भने क्वारेन्टाइनमा राखेका सबैको खानपान, सरसफाइ र शुरक्षाको राम्रो प्रबन्ध गरिएको छ।

सुनौली नाका हुँदै आएका उनिहरुलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत रुपन्देहीका विभिन्न स्थानिय निकायसङ्ग समन्वय हुँदै शुद्धोधनको क्वारेन्टाइनमा राखीएको गाउपालिका प्रवक्ता राजेन्द्र कडेलले जानकारी दिनुभयो।