खुल्ला सीमानाकाबाट लुकी छिपी स्वदेश प्रवेश

बिन्दु कुमार चौहान
१३ चैत्र २०७६, बिहीबार १७:५८

लुम्बिनी । बिश्व ब्यापी महामारीको रुप लिएको कोरोना भाईरस ( कोभिट १९ ) बाट बाँच्न नेपाल भारत दुबै देशमा लकडाउन भईरहेको बेला खुला सीमा प्रयोग गरि लुकीछिपी बिना स्वास्थ्य परिक्षण दर्जनौ नेपालीहरु स्वदेश फर्किन थालेको खुलासा भएको छ ।
छिमेकी राष्ट्र भारतको बम्बई, दिल्ली,लखनउ,कानपुर लगायत शहरबजारमा रोजगारीको शिलशिलामा गएका नेपालीहरु रातारात खेतैखेतबाट बिना स्वास्थ्य परीक्षण नेपाल फर्किन थालेपछि  गाँउलेहरु बहिष्कार गरेपछि खुलासा भएको हो ।
बिना स्वास्थ्य परिक्षण काम गरि भारतबाट फर्केको लुम्बिनी साँस्कृतिक नगरपालिका अन्र्तगतका तीन जना नेपालीहरुलाई गाँउलेले थाहा पाए पछि स्थानीयले गाँउमै बस्न नदिई प्रहरीको जिम्मा लगाएका छन ।
लुम्बिनी प्राथमिक स्वास्थ्यकेन्द्रमा कोरोना भाईरस परीक्षण उपकरण नभएको कारण स्वास्थ्यकर्मीहरुले चेकजाँच गर्न नसके पछि एक जनालाई नगरपालिकाको टिप्परमा राखेर भीम अस्पताल पुरयाइएको लुसाँनपा ३ का वडा अध्यक्ष अक्ररामुद्दीन मुसलमानले जानकारी गराए ।
यसैगरि लुम्बिनी साास्कृतिक नगरपालिकाको ओडवलियामा चार जना ,कालीदह दख्खिनडीहमा दुईजना ,पिपरपतियामा दुईजना ,पडरियामा दुईजना, मुहवारीमा एकजना तथा गैडहवा गाँउको खडईचवा गाँउमा चार जना युवाहरु भारतबाट घर फर्केर बिना स्वास्थ्य परीक्षण बसी रहेको स्थानीयले बताएका छन ।
सो सम्बन्धमा सशस्त्र बेस क्याम्प कालीदह बीओपीका सशस्त्रप्रहरी निरीक्षक धर्मथापा सँग जिज्ञासा राख्दा उनले खुला मीमानाको प्रयोग गरि खेतैखेतबाट आएको ती यवाहरुलाई वडा अध्यक्ष मार्फत स्वास्थ्य परीक्षणका लागि पठाउने जानकारी गराए ।