तिलोत्तमा वडा कप क्रीकेट प्रतियोगिताको उपाधी १७ लाई

बुलेटिन संवाददाता
२५ फाल्गुन २०७६, आईतवार १४:०२

तिलोत्तमा । रुपन्देहिको तिलोत्तमा नगरपालिकामा सन्चालित तिलोत्तमा वडा स्तरिय टि २० क्रीकेट प्रतियोगिताको उपाधि वडा नम्बर १७ ले जितेको छ । तिलोत्तमा क्रिकेट बिकास समितिको आयेजनामा संचालित प्रतियोगितामासाविक बिजेता समेत रहेको वडा नम्बर १३ ‘ए’ लाइ ८ रनले पराजित गर्दै वडा नम्बर १७ ले उपाधि चुमेको हो ।

उपाधिसङै वडा नम्बर १७ ले नगद ५५ हजार ५ सय ५५ सहित कप, मिडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बनेको वडा नम्बर १३ ले नगद २२ हजार २ सय २२ मा चित्त बुझायो ।

प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको १७ ले निर्धारित २० ओभरको खेलमा १ सय ११ रन बनाएको थियो । जवाफमा १ सय १२ रनको लक्षका साथ ब्याटिङ थालेको वडा नम्बर १३ पुरै ओभर खेलेर १ सय ३ रनमा समेटिएको थियो । प्रतियोगितामा वडा नम्बर १७ का सागर चौधरि म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताका बिजेता टिमलाइ तिलोत्तमा नगरपालिका युवा खेलकुद तथा शिक्षा समिती प्रमुख गङ्गाराम आचार्य , नागर खेलकुद बिकास समितिका सम्योजक राजेन्द्र गुरुङ, तिलोत्तमा क्रीकेट बिकास समितिका सिईओ दिपक भुर्तेल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

तिलोत्तमा क्रीकेट बिकास समितिका अध्यक्ष अच्युतराज ढुङ्गानाको अध्यक्षता, उपाध्यक्ष लोकनेस ढेङगा मगरको स्वागत र सचिव राजेन्द्र केसिको सन्चालनमा कार्यक्रम सम्पन्न भएको खेल सम्योजक सुर्य पाण्डेले जानकारी दिए ।