आकंक्षा बनिन् समिट नृत्य आईडल

बुलेटिन संवाददाता
२ फाल्गुन २०७६, शुक्रबार १८:३२

बुटवल ।  बुटबल गोलपार्क स्थित समिट इङलिस बोर्डिङ स्कुलमा एन्जेल डान्स र जम्बा स्टुडियोको सम्योजनमा समिट नृत्य आइडलकोउपाधी आकंक्षा बमरेलले जितेकी छिन् । कक्षा १ – ९ सम्मका १६ जना विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा आकङ्क्षा बम्रेल प्रमथ, चाहान गहतराज द्धितिय, जस्मिन लामा तृतिय र सन्जिला गुरुङले तृतिय स्थान प्राप्त गर्न सफल भएकी हुन ।
कार्यक्रममा विद्यालयका प्राचार्य राजेन्द्र प्रसाद श्रीवास्तब, प्राइमेरी इन्चार्ज पार्वता खनाल, सहप्राचार्य टङ्क प्रसाद रेग्मी, विद्यालयका कोअर्डिनेटर एवम अतिरिक्त क्रियाकलाप प्रमुख सुरज थापा क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए
शिक्षिका बबिता कडेलका अनुसार कार्यक्रममा निर्णायकको भुमिका मनिष नेपाली र सपना विश्वकर्माले गरेका थिए । विद्यालयले विगतका बर्षहरुमा पनि यस्तो प्रतियोगीता गरेको र आगामी दिनमा पनि निरन्तरता दिने विद्यालयका सामाजिक विषय विभाग प्रमुख मनोज गौतमले जानकारी दिए ।