खुसी रहने क्षमताको विकास गराउन लाईफ एजुकेसनको सेमिनार सम्पन्न

बुलेटिन संवाददाता
१ फाल्गुन २०७६, बिहीबार २१:०७

बुटवल – लाईफ एजुकेशन बुटवलको आयोजनामा बुटवलमा संगीत सहितको वृहत ह्याप्पिनेश सेमिनार गरिएको छ । युवा वर्गमा सकारात्मक सोचको विकास गराउदै उनीहरुमा खुसी रहने क्षमताको विकास गराउने उद्धेश्यले सो कार्यक्रम गरिएको हो । कार्यक्रममा मोटिभेसनल स्पिकर तथा लाईफ एजुकेशनका प्रमुख कार्यकारी अधिकृत दिनेश खड्काले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल जेसीजका कानुनी सल्लाहकार राजेन्द्र घिमिरेले युवामा समकारात्मक सोचको विकास गराउदै खुसीजीवनजीउने तरिकासिकाउनु निकै सान्दर्भिक रहेको बताउनुभयो ।

लाईफ एजुकेशनका प्रबन्धनिर्देशक तेजराज थापाले अहिले युवावर्गमामहत्वकाँक्षासँगै निराशापनि बढेको भन्दै त्यसबाट उनीलाई बचाउन र खुसी राख्नआवश्यक रहेको बताउनुभयो । संगम खड्काको सञ्चालनमा भएको कार्यक्रममा एम्स कलेजका प्रमुख दिपक ढकाल, बागेश्वरी संगीतालयका प्रिन्सिपल सुरेश सेन्चुरी लगायतले शुभकाना दिनुभएको थियो ।

कार्यक्रममा कलाकारहरु अजय कार्की, अभिषेक गौतम, किरण विश्वकर्मा लगायतले सांगीतिक प्रस्तुती राखेकाथिए । कार्यक्रममा सृष्टि रायमाझीको धन्यवाद मन्तव्य राख्नुभएको थियो भने सहभागीहरुले आफ्नोअनुभव सुनाएका थिए ।