नव ज्योती स्कुल बन्यो प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको च्याम्पियन

बुलेटिन संवाददाता
२९ माघ २०७६, बुधबार १९:१३

तिलोत्तमा । प्रथम तिलोत्तमा नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगितामा नव ज्योती इङ्गलिस बोर्डिङ स्कुल च्याम्पियन बनेको छ । प्रतियोगितामा ६ स्वर्ण सहित नगरपालिका भित्रका ३६ विद्यालयलाई पछाडि पार्दै नव ज्योती च्याम्पियन बन्दै रनिङशिल्ड सिल्ड हात पारेको छ ।

नव ज्योतीले छात्र तथा छात्रा दुवैतर्फको कवड्डीमा प्रथम स्थान हात पारेको छ भने छात्रा भलिवलमा पनि प्रथम स्थान हात पारेको छ । त्यस्तै छात्रातर्फको ४ सय मिटर रिले र १ सय मिटर दौडमा पनि प्रथम भयो भने छात्रातर्फको एथलेटिक्समा पनि प्रथम हुन सफल भएको छ । त्यसैगरि छात्रा ज्याब्लिङ थ्रोमा द्धितिय, छात्रा २ सय मिटर दौड, छात्रा लङजम्प, छात्र हाईजम्प र छात्रा हाईजम्पमा तृतिय स्थान हात पारेको छ ।

प्रतियोगितामा च्याम्पियन बनेको नव ज्यातीले आज मणिग्राम चार नम्बर क्षेत्रमा वियय र्‍याली निकालेको छ। प्रतियोगितामा ५ स्वर्ण पदक सहित शान्ति नमुना माबि मणिग्रामले दोस्रो स्थान हात पारेको छ ।

तिलोत्तमा–१, चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३७ विद्यालयहरुले प्रतिस्पर्धा् गरेका थिए ।

 

विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागी गराउने गरी प्रतियोगिता आयोजना आयोजना गरिएको हो ।

प्रतियोगिताको आइतबार एक कार्यक्रमबीच तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा एल्लेटिक्सतर्फ १३ इभेन्टहरु संचालन भएका थिए ।