लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका नव निर्वाचित अध्यक्ष र सदस्यको पदस्थापना

बुलेटिन संवाददाता
२२ माघ २०७६, बुधबार १७:०६

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका नव निर्वाचित अध्यक्ष र सदस्यको पदस्थापना तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।

बुधबार अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरी नव निर्वाचित विकास समितिका अध्यक्ष सूर्य बहादुर भट्राई र सदस्य रिज्जु श्रेष्ठको पदस्थापना तथा बधाई ज्ञापन गरिएको हो । कार्यक्रममा बोल्दै प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापती प्रदेश सभा सदस्य सांसाद दघिराम न्यौपानले विकास निर्माणमा कसैले पनि राजनीति गर्न नुहने बताए ।

उनले प्रदेश ५ सरकारले प्रदेश गौरवको आयोजानको दोस्रो नम्बर मा लुम्बिनी प्रादेशिक अस्पताललाई राखेको बताउँदै विरामी अस्पतालमा आएपर पुर्णरुपमा निको भएर जाने वातावरण सृजनागर्ने खालको अस्पताल निर्माण गर्न गरिएको बताए थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका दघिराम न्यौपानले अस्पतालको विकासका लागि कती पयले विरोध गरेको भन्दै विरोध गर्नुको तकु नभएको समेत बताए ।

उनले भने–‘विकास विरोधीहरुको यहाँ काम छैन, अस्पताल एउटा प्रदेशकै गौरव विशिस्कृत अस्पताल बन्ने छ ।’ अस्पताल स्तर उन्नतीका लागि अगाडी रहेका व्यवसायीक सटरहरु भत्काएर एउटा नमुना पार्खाल निर्माण गर्ने र सोही अनुसारको विकास गरिने उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले अस्पताल विकासका लागि धेरै काम भएको भन्दै अस्पतालमा विकासका लागि कुनै पनि आर्थिक कमी हुन नदिने प्रदेश सरकारको योजना रहेको बताए ।

कार्यक्रममा प्रदेश ५ नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम, औषधी व्यवसायी संघ प्रदेश ५ का संयोजक शिव प्रसाद ज्ञवाली, नेपाली काग्रेस महासमिति सदस्य युवराज गिरी, अस्पतल विकास समितिका पुर्व अध्यक्ष बाबुराम भट्राई, नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै नव नियुक्त अस्पताल विकास समिति अध्यक्ष सुर्य बहादुर भट्राईले अस्पतालमा सुधारका कामहरु सुरुवात भैसकेको भन्दै स सानो काम बाट अस्पतालमा सुधारको काम अगाडी बढाउने बताए । उनले भने–‘सबैको सहयोगबाट मात्रै अस्पताल विकास हुने हो, यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।’

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले अस्पतालमा सेवा प्रवाहलाई अझ बढि पारदर्शीता बनाउदै लगिएको जानकारी दिए । उनले सुधारको काम सुरुवात भएको भन्दै अझ बढि सुधारका लागि विकास समिति, कर्मचारी र सरोकारवाला सबैको सहयोगको जरुरी रहेको बताएका थिए ।