विश्वकुष्ठ रोग दिवसको अवसरमा कुष्ठ प्रभावितलाई न्यानो कपडा वितरण

बुलेटिन संवाददाता
१० माघ २०७६, शुक्रबार १५:३२

बुटवल । विश्व कुष्ठरोग दिवसको अवसरमा नयाँ जिवनको लागि हातेमालो बुटवलको आयोजानमा कुष्ठ  प्रभावितहरुलाई न्यानो कपडा वितरण गर्नुको साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार नयाँ जीवनका लागि हातेमालो बुटवलका उपाध्यक्ष चित्र बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रम बुटवल उपमहानरपालिका स्वाथ्य शाखा प्रमुख खिम बहादुर पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले कुष्ठ रोग प्रति अहिले पनि धेरै भ्रम रहेको भन्दै यसलाई चिर्न सबैको हातेमालो आवश्यक भएको बताएका थिए ।

कार्यक्रममा ल्याप्रोसी मिसन नेपालका प्रमुख विष्णु ढुंगानाले नेपालमा कुष्ठरोगको अवस्था, यसको कारण र निवरणका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै नयाँ जीवनका लागि हातेमालो बुटवलका कार्यक्रम प्रमुख मना कुमारी पाण्डेले कुष्ठ प्रभावितहरुलाई हेर्ने दृष्टिकोणमा परिर्वतन आवश्यक रहेको बताएकी थिईन ।

उनले विगत लामो समय देखि कुष्ठ प्रभावित र अपाङ्गता भएका व्याक्तिहरुको विचमा काम गर्दै आएको जानकारी दिदै यसको लाग विभिन्न निकायबाट सहयोग आवश्यक रहेको बताईन ।

कार्यक्रममा नयाँ जीवनका लागि हातेमालो बुटवलका संगीता श्रेष्ठले बुटवल क्षेत्रमा भएका कुष्ठ प्रभावितहरुको अवस्थाको विषयमा प्रकाश पारेकी थिईन ।

नयाँ जीवनका लागि हातेमालो बुटवलको आयोजनामा भएको कार्यक्रममा ल्याप्रोसी मिसन नेपाल, ईनरह्वील क्लव अफ बुटवल, डेमिन फाउन्डेसनको सहयोगमा भएको कार्यक्रममा ४० जना कुष्ठ प्रभावितहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरिएको थियो ।

कार्यक्रममा समाजसेवी पुनाराम पोखरेल, ईनरह्वील क्लव अफ बुटवलकी अध्यक्ष प्रमिला श्रेष्ठ, पिताम्बर लम्साल, कुष्ठ प्रभावित बाल क्लवका अध्यक्ष कविता चौधरी लगायतले आ आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको उदेश्यमाथी प्रकाश तथा स्वागत मना पाण्डेले गरेकी थिईन भने कार्यक्रमको कमल बरालको सञ्चालनको रहेको थियो ।