क्षेत्राधिकार खुम्च्याउने विधेयक पारित नगर्न धनराज गुरुङको आग्रह

बुलेटिन संवाददाता
१० माघ २०७६, शुक्रबार १३:१६

काठमाडौं । व्यवस्था परिवर्तन गरे पनि भ्रष्ट प्रवृत्ति भने परिवर्तन गर्न नसकेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले बताएका छन् ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार निवारण ऐन २०५९ विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि नेता गुरुङले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

शुक्रबार ट्वीटरमा लेख्दै गुरुङले अख्तियारको क्षेत्राधिकार खुम्च्याउने विधेयक पारित नगर्न सांसहरूलाई आग्रह गरेका छन् । गुरुङले भ्रष्टाचार झन बढ्दै गएको र जनताले भ्रष्टाचारमा चुर्लुम्म डुब्ने गणतन्त्र नखोजेको पनि लेखेका छन् ।

‘व्यवस्था परिवर्तन गर्‍यौं तर भ्रष्ट प्रवृत्ति परिवर्तन गर्न सकेनौं । गणतान्त्रिक नेपाललाई झनै भ्रष्ट बनाउँदै त छैनौं रु ख्याल राखौं, जनताले भ्रष्टाचारमा चुर्लुम्म डुब्ने गणतन्त्र खोजेका होइनन् । मा।ज्युहरूले अदुअआको क्षेत्राधिकार खुम्च्याउने विधेयक पारित नगरोस्’ गुरुङले लेखेका छन् ।