राष्ट्रियसभा : प्रदेश ५ मा नेकपाका तीनै उम्मेदवार बिजयी

बुलेटिन संवाददाता
१० माघ २०७६, शुक्रबार ११:२३

बुटवल । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर ५ बाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीनै जना उम्मेदवार बिजयी भएका छन् ।

प्राप्त परिणाम अनुसार नेकपाका तर्फबाट उम्मेदवार भएका तीनै जनाले निर्वाचनमा बिजयी प्राप्त गरेका हुन् । अपांग/अल्पसंख्यक कोटाबाट नेकपाका जगप्रसाद शर्मा ५४२४ मतभारसहित बिजयी भएका छन ।

शर्माका प्रतिष्पर्धी नेपाली काँग्रेसका मेराजअहमद हलवाईले १९८६ मतभार प्राप्त गरेर पराजित भए । संघीय समाजबादी पार्टीका सुनिल सिंघलले ४२० मतभार प्राप्त गरेका थिए ।

त्यस्तै महिला तर्फ नेकपाका तर्फबाट बिमला घिमिरेले ५७७८ मतभार ल्याएर बिजयी भएका छन भने नेपाली काँग्रेसकी गिरिजादेबी न्यौपाने २१०० मतभार प्राप्त गरेका थिए ।

अन्य समूहका तर्फबाट नेकपाका तर्फबाट उम्मेदवार बनेका गोपाल भट्टराई बिजयी भएका छन । भट्टराईले ५३८२ मत ल्याएर बिजयी भएका छन भने नेपाली काँग्रेसका बालकृष्ण पाण्डेले २०५२ मतभार प्राप्त गर्दा संघीय समाजबादीका तर्फबाट उम्मेदवार बनेका कृष्णप्रसाद यादवले ४४४ मतभार ल्याएका छन ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका शिव पौडेलले १५६ मतभार प्राप्त गरेका थिए । विजयी उम्मेदवारलाई प्रदेश नम्बर ५का मुख्यमन्त्री, नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज शंकर पोखरेलले फुलमाला लगाएर बधाई दिएका थिए ।

राष्ट्रियसभाका लागि प्रदेश नम्बर ५ मा आठ हजार एक सय मतदाता रहेका छन ।