कांग्रेसमा देखिएको विवाद मिलाउन शीर्ष नेताहरुबीच छलफल

बुलेटिन संवाददाता
१० माघ २०७६, शुक्रबार ११:०२

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा देखिएको विवाद मिलाउन शीर्ष नेताहरुबीच छलफल हुने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बिहान नेताहरुबीच छलफल हुने भएको जानकारी दिइएको छ । आज विहान हुने सो छलफलमा कांग्रेसको विवाद मिलाउन संस्थापन र इतरपक्षका नेताहरु जट्ने भएका छन् ।

संस्थापन पक्षले विधान मिचेको, १४ औं महाधिवेशन गर्ने समयमा कार्यकाल थपेको, विभागको संख्या बढाएको बरिष्ठ नेता रामचन्द्र पौडैल समूहकाे छ ।

आजको छलफलमा सभापति देउवाका अतिरिक्त पौडेल, पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंहलगायतका नेताहरु सहभागी हुने भएका छन ।

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सहमतिका लागि दुवै पक्षबीच छलफल भइरहेकाे थियाे । ‘दुवै पक्षबीच निरन्तर छलफल भइरहेको थियो,’ उनले भने, ‘आज शीर्ष नेतृत्वबीच सभापति देउवा निवासमै छलफल हुने भएको छ ।’