हिमालय एयरलाइन्सको काठमाडौं–चोङकिङ उडान सुरु

बुलेटिन संवाददाता
९ माघ २०७६, बिहीबार १४:२६

काठमाडौं । निजी क्षेत्रको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले बिहीबार विहान ९ः४० बजे काठमाडौंबाट चीनको चोङकिङ उडान गरेको छ ।

क्षमता विस्तारका क्रममा चीनमा रहेका हिमाली भेगमा नियमित उडानका लागि दुईवटा एयरबस–३१९ जहाज खरिद गर्ने योजना रहेको जनाइएको छ । हिमालयका अनुसार फेब्रअरी महिनाभित्र कम्पनीले एउटा एयरबस–३१९ जहाज ल्याउनेछ ।

कम्पनीले यसअघि गत अक्टोबर २७ तारिखदेखि काठमाडौं–बेइजिङ नियमित उडान सुरू गरिसकेको छ । चीनका लागि थालेको उडानमा चोङकिङ थपिएको नयाँ नियमित गन्तब्य भएको कम्पनीले जनाएको छ ।

उडान थालिएका चिनियाँ सहरमध्ये चोङकिङ पाचौं हो । कम्पनीले बेइजिङ र चोङकिङ बाहेक गोयाङ, चाङ्सा, सेन्जेन लगायत तीन गतब्यमा साताको एउटा चार्टर उडान गर्दै आएको छ । कम्पनीले आगामी जुलाइदेखि चीनको ल्हासा उडान गर्ने योजना रहेको जनाएको छ।