सहिदहरुको बलिदानीलाई खेर जान नदिने अध्यक्ष यादवको भनाई

बुलेटिन संवाददाता
५ माघ २०७६, आईतवार १३:४४

लहान ।  सहिदको सपना पूरा गर्न आफ्नो पार्टी अझै सङ्घर्षरत रहेको समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले दाबी गरेका छन् ।

तेह्रौं मधेश बलिदानी दिवसको अवसर पारेर लहानस्थित सहिद चोकमा रहेको सहिद रमेश महतोसहितको सालिकमा माल्यार्पण गर्दै अध्यक्ष यादवले सहिदहरुको सपना अझै पूरा हुन नसकेकाले सङ्घर्ष जारी रहेको बताए । सहिदहरुको बलिदानीलाई खेर जान नदिने बताउँदै अध्यक्ष यादवले सहिदहरुको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

मधेश आन्दोलनको उद्गमस्थल लहानमा रहेका सहिदहरुको सालिकमा समाजवादी पार्टीका अध्यक्ष यादवसहित प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव सहितका नेता तथा कार्यकताहरुले माल्यार्पण गरे ।

मधेश आन्दोलनका क्रममा रमेश महतोको मृत्यु भएको सम्झनामा माघ ५ गतेलाई समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी ९राजपा०ले बलिदानी दिवसका रुपमा मनाउँदै आएका छन् ।

दिवसको अवसरमा आज प्रदेश २ मा सार्वजनिक बिदा दिएको प्रदेश २ सरकारले पर्साको वीरगञ्जमा विविध कार्यक्रमको आयोजना गरेको छ । प्रदेश २ सरकारले अघिल्लो वर्ष माघ ५ गते सिरहाको लहानमा बलिदानी दिवस मनाएको थियो ।

यस्तै दिवसको अवसरमा आजै डा। सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको नवराजपुर गाउँपालिकामा कार्यक्रमको आयोजना गरेको छ ।