माघ १७ देखि राप्रपाको केन्द्रीय कार्य समितिको पूर्ण बैठक काठमाडौँमा बस्ने

बुलेटिन संवाददाता
३ माघ २०७६, शुक्रबार १६:२४

काठमाडौं । यही माघ १७ गतेदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको पूर्ण बैठक  काठमाडौँमा बस्ने भएको छ ।

आगामी जेठमा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारी सम्बन्धमा समेत छलफल हुने उक्त बैठकमा समान विचार भएका पार्टीसँगको एकता, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ जानकारी दिए ।

प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक विषयमा प्रतिवेदन प्रस्तुत गर्ने छन भने बैठकमा सहभागी नेताले राजनीतिक प्रतिवेदन टिप्पणी, सुझाव परिमार्जन गरिने जनाइएको छ ।