इश्वर प्रदत्त भूमिकामा दादा लेखराज

बुलेटिन संवाददाता
२ माघ २०७६, बिहीबार १७:०४

निरन्तर घुमिरहने काल चक्रमा एउटा यस्तो समय आउँछ, जब परमधाम निवासी निराकार परमपिता परमात्मा एउटा अनुभवी, उदार एवं पावन शरीरको आधार लिएर यस पृथ्वीमा आउनुहुन्छ र सम्प आत्माहरूलाई माता पिताको मात्र होइन र्सवसम्बन्धको स्नेह प्रदान गर्नुहुन्छ । निराकार परमात्माले आधार बनाएको यस्तो पावन शरीरको नाम हो दादा लेखराज । उहाँको जन्म सिन्ध प्रान्तको वैष्णव मतावलम्बी परिवारमा सन् १८७६ मा भएको थियो । बाल्यावस्थादेखि बृद्धावस्थासम्म उहाँले एउटा साधारण र् इश्वर भक्तको रूपमा व्यवहार गरिरहनु भयो । मीठो बोली र आकर्षक व्यक्तित्वका धनी दादा लेखराज हीरा जवाहरातका व्यापारी हुनुहुन्थ्यो । राजा महाराजा र साहू महाजनले पनि उहाँलाई खुब मन पराउँथे । त्यसकारण उहाँको व्यवसाय निकै फस्टाएको थियो ।

एउटा सुखी गृहस्थीमा चाहिने सबै थोक उहाँसँग थियो । छोरा बुहारी, धन सम्पत्ति, समाजमा सम्मान, सबै थियो । उहाँका गुरु पनि हुनुहुन्थ्यो र गुरुको सेवा पनि बडो श्रद्धापुर्वक गर्नुहुन्थ्यो । इश्वरप्रति अटुट आस्थावान हुनुहुन्थ्यो । भजन पूजन त गर्नुहुन्थ्यो नै दान दक्षिणामा पनि बडो उदार हुनुहुन्थ्यो ।
सन् १९३६ तिर उहाँमा अचानक परिवर्तन आयो । त्यतिबेला उहाँको उमेर ६० वर्षो थियो । यो परिवर्तन अकस्मात आएको थियो । आकस्मिक थियो । मौलाउँदै गएको व्यापार व्यवसाय छोड्नेतिर उहाँले सोच्नु भएकै थिएन तर मन भने व्यवसायबाट हट्न खोज्दै थियो । अब उहाँलाई एकान्त मन पर्न थालेको थियो । यो किन भइरहेको छ उहाँले बुझन सक्नु भएको थिएन । तर कता कता मन त संसारबाट हटेर कुनै अन्य स्थितिमा रमाउन थाले जस्तो लाग्थ्यो ।
यस्तै दोहोरो मानसिक अवस्थाबाट गुज्रिरहँदा एक दिन मुर्म्बईको एउटा मन्दिरमा सत्संग चल्दाचल्दै उहाँको मन एकाएक अशरीरी हुन गयो । उहाँ जुरुक्क उठेर नजिकैको एउटा कोठामा गई एकान्तमा बस्नु भयो । त्यतिखेर उहाँको भावदशा यस्तो थियो जसलाई भावाविष्ट भन्न सकिन्छ । यसै अवस्थामा उहाँलाई त्यस एकान्त कोठामा चतुर्भुज विष्णुको साक्षात्कार भयो ।


यस्तो भावाविष्ट अवस्थाबाट बाहिर आउँदा उहाँ स्वयं कौतूहलले पुर्ण हुनुहुन्थ्यो । यस्तो अवस्थाको अनुभूति उहाँलाई पहिले कहिल्यै पनि भएको थिएन र साक्षात्कार पनि पहिलो पटक भएको थियो । उहाँले यस्तो चाहना वा इच्छा गर्नु पनि भएको थिएन । उहाँका लागि यो एउटा आर्श्चर्यजनक तर आनन्ददायक अनुभव थियो । उहाँले आफ्ना गुरुलाई यो घटना बताएर मार्गदर्शन गराउन अनुरोध गर्नु भयो । तर गुरुले पनि यस घटनाको रहस्य बताउन सक्नु भएन ।
यो प्रथम साक्षात्कारपछि यस्ता इच्छा नगरिएका आकस्मिक घटनाहरूको सिलसिला नै सुरु भयो । विभिन्न देवता तथा निराकार प्रकाशस्वरूप शिव परमात्माको साक्षात्कार हुन थाल्यो । वर्तमान घटना र भविष्यमा हुनेवाला घटनाहरूको दृश्य अगाडि आउन थाल्यो । उहाँको आफ्नो आगामी भूमिकाको सम्बन्धमा पनि अव्यक्त ढंगले प्रकाश पर्न थाल्यो । उहाँले सम्पुर्ण सृष्टिचक्र देख्नु भयो । उहाँलाई प्राप्त ज्ञान अर्थात् शिव, गीता, तथा कल्प वृक्षमा पर्र्रिमण गरिरहेका आत्माहरूको यस्तो ज्ञान आजसम्म बताइएको ज्ञान र जानकारी भन्दा भिन्न किसिमको थियो । आत्मा र परमात्माको सम्बन्धमा पनि विल्कुल नयाँ ज्ञान थियो । आफूले ज्ञानको रूपमा पाएको त्यो अनुभवलाई दादा लेखराजले न मिथ्याज्ञान हो भनेर छोड्न सक्नुहुन्थ्यो न त्यस दर्शनलाई अमान्य मान्न सक्नुहुन्थ्यो ।
ज्ञानको त्यस गंगामा डुबुल्की लगाएर दादा लेखराज अब पूरै बदलिइसक्नु भएको थियो । उहाँमा आएको यो परिवर्तन सम्पुर्ण रूपमा आत्मिक थियो । उहाँलाई चिनेजानेकाहरूले उहाँको यो परिवर्तित अवस्थालाई स्पष्ट रूपमा अनुभव गर्थे । बोली, व्यवहार र चालढाल सबै बेग्लै भएको थियो । उहाँले जुन ज्ञान पाउनु भएको थियो त्यो प्रचलित र् इश्वरीय ज्ञानभन्दा भिन्न थियो । तर दादा लेखराजको दृढतापुर्ण वाणि सुन्दा यस्तो लाग्थ्यो कि उहाँलाई प्राप्त त्यो नयाँ ज्ञानमाथि अलिकति पनि शंका थिएन ।


१९३६ /३७ मा प्राप्त यो अनुभव एवं बोध पश्चात् उहाँले परमात्माद्वारा आफूलाई दिएको ब्रहृमाको भूमिकाका निमित्त समर्पित गर्नुभयो । ओम् मण्डली बाट सुरु भएर प्रजापिता ब्रह्माकुमारि इश्वरीय विश्व विद्यालयमा रूपान्तरित यो ज्ञान निरन्तर विस्तारित हुँदै गइरहेको छ । १८ जनवरी १९६९ मा उहाँ अव्यक्त भएपछि पनि आत्माहरूलाई पवित्र बनाएर दिव्य गुण सम्पन्न तुल्याउँदै नयाँ विश्व निर्माणका निमित्ति प्रारम्भ भएको यो यज्ञ अहिले पनि जारी छ र आज पनि यस ज्ञान यज्ञका सूत्रधार उहाँ नै हुनुहुन्छ ।
जसरी चुम्बकको समीपमा आएको फलाम त्यसको आकर्षाभित्र न परी रहन सक्दैन त्यसैगरी जसको शरीरमा परमात्मसत्ता आएर संस्कारित गरेको हुन्छ त्यसले आफ्नो वरपर स्फुरण नगर्राई रहँदैन । अलौकिक आकर्षणको प्रभाव स्वतः प्रदर्शित हुन्छ । एक प्रकारले यो त उसको नैर्सर्गिक गुण नै हुन जान्छ । तपाइँ हामीले यस्ता धेरै प्रसंग र अनुभव सुनेका देखेका छौं । जुन व्यक्ति परमात्माको लयमा नाचेको छ उसले आफ्नो नजिकमा आएको व्यक्तिलाई नचाउन पर्दैन । नाच पैदा गराउन पर्दैन । त्यो त स्वतः भइहाल्छ । त्यस्ता बृद्ध पुरुषहरूको प्रभाक्षेत्रभित्र पर्ने बित्तिकै जो कोहीलाई पनि केही न केही विशेष अनुभूति भई नै हाल्छ । यस्तै दादा लेखराजको समीपमा पुग्ने स्त्री, पुरुष एवं बालकहरू उहाँको दृष्टि पाउनासाथ भावाविष्ट हुन्थे । आज पनि यस्ता मानिस भेटिन्छन् जसलाई दादाको संगतमा पुग्दा भिन्नभिन्न रूप र लोकहरूको साक्षात्कार भएको थियो । उहाँलाई भेटेर र्फकने कुनै पनि यस्तो व्यक्ति थिएन जसले यो व्यक्ति त अनौठो रहेछ न भनेको होस् । सायद महसुस गरिने यस्तै स्थितिलाई आत्मिक या भागवत अनुभव भनिन्छ । आत्मिक वा भागवत अनुभवको एउटा अर्को रूप यस्तो पनि छ अहिलेसम्म यही अनुभव गरिएको छ कि जसले अनुभव प्राप्त गरेको छ, मानिसहरू अनुभव प्राप्त गर्न त्यसकै पछि लाग्छन् । अनुभवका कथा सुनाउने पण्डित या अरू कसैको अनुभवको व्याख्या गर्नेहरूका पछाडि ठूलो जमात हुँदैन । कदाचित् पछि लागिहाल्यो भने पनि केही समय र केही परसम्म मात्र । कारण(जसले स्वयं जानेको छैन त्यसले के बताउला । अर्को कुरा जसले जाने तीमध्ये अधिकांश त मौन नै रहे । किनभने आफूले जानेको त्यो ज्ञान वा अनुभव अरूलाई बताउन तिनले जानेनन् । जसले यस्तो सम्बोधि पायो उसका निमित्त त्यो अनुभव या ज्ञान विल्कुल नयाँ थियो । त्यसलाई भन्न सजिलो कहिल्यै पनि थिएन । उनीरूले मात्र बताउन सके जसलाई बोल्ने या बताउने भूमिका पनि सुम्पियो । बताउन या सुनाउन सक्ने यो क्षमतालाई पनि उही परमात्मसत्ताको देन भन्न सकिन्छ । भन्नेवालाले त आफूलाई केबल माध्यम अथवा निमित्त मात्र मान्छ । त्यसैकारणले होला कैयौं मानिसहरू बुद्ध, महावीर, रामकृष्ण या अन्य यस्तै जान्नेवालाहरूका पछि(पछि लागे । केहीले त धेरै टाढा र पछिसम्म पनि उनीहरूको अनुसरण गर्न सके । सम्भवतः परमात्माले नै उनीहरूलाई कुनै किसिमको निमित्त भूमिका सुम्पनु भएको थियो ।

दादा लेखराज न शास्त्रका ज्ञाता हुनुहुन्थ्यो न भाषाका विद्वान् । उहाँले त केवल त्यो परमसत्तालाई जान्नु भएको थियो । उहाँलाई त्यही परमसत्ताले युग निर्माण कार्यका लागि चुनेको थियो । यस प्रकारबाट उहँ इश्वराधिकृत निमित्त हुनुहुन्थ्यो । यसकारण केही जान्नका लागि मानिसहरू उहाँको।समीपमा जम्मा हुन थाले । उहाँले पनि सामान्य बोलचालको भाषामा त्योर् इश्वरीय ज्ञानलाई साधिकार बताउनु भयो । त्यसरी बताउन पर्दा सामान्यतः स्वयं भाषा पनि डगमगाउन खोज्छ । यहाँ महत्वपुर्ण तथ्य यति मात्र हो  उहाँलाई परमात्मसत्ताले आफ्नो कार्यका लागि निमित्त बनाएको थियो । यसै भूमिकालाई गीताको बचनले पनि प्रकट गरेको छ ( यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।।।। ।
रामचरित मानसमा पनि उल्लेख गरिएको छ  जब जब होई धर्म की हानि, बाढहिं असुर अधम अभिमानी, तब तब प्रभुलै मनुज शरीरा हरहि कृपानिधि सज्जन पीरा ।।।।। ।
यस्तो भूमिकाका लागि निमित्त बनाइएका दादा लेखराजको वाणीद्वारा प्रवाहित ज्ञान गंगामा डुुबुल्की लगाउने अवसर पाएका व्यक्तिहरू फेरि फर्केर अर्को बाटोतिर लागेनन् । दादाकै बनेर रहे । भगवानकै बने । १९६९ मा प्रारम्भ भएको यो ज्ञान यज्ञ कहिले पनि कमजोर भएन । आज पनि यसले लगातार ज्ञानपिपासुहरूलाई आकर्षा गरिरहेको छ । दादा लेखराज कयौं महापुरुषहरूमा अगाडि हुनुहुन्छ । यो पनि एउटा कसौटी हो । लेखराजले जब र्सवप्रथम ज्ञानामृत पान गर्नु भयो त्यसवेला उहाँले आफ्ना परिवारको नाममा लेखेको पत्रमा भन्नु भयो पालिया वह सब जो पाना था । अब कुछ बाकी न रहा  जे पाउनु थियो त्यो पाएँ, अब पाउन केही बाँकी छैन उहाँको यस ज्ञान गंगामा नुहाउनेहरूले पनि अब यही भनिरहेका छन् पालिया जो पाना था, अब कुछ शेष नहीं । जे पाउन थियो त्यो पाइयो, अब केही बाँकी छैन अस्तु ।।।।

सबैलाई सत्कर्ममा लाग्न प्रेरणा दिने १८ जनवरी अर्थात् माघ ४ गतेका दिन भव्यताका साथ मनाउन ब्रह्माकुमारी ग्लोबल पिस रिट्रिट सेन्टर बुटवल १२ ढवाहमा तयारी गरिरहेको छ । उक्त दिन भर सबै स्वेत बस्त्रधारी ब्रह्माकुमार तथा ब्रह्माकुमारीहरु मौनमा रही तपस्या गर्नेछन् । विश्वका तमाम् दुःख पाईरहेका आत्माहरुलाई सकारात्मक चिन्तनका साथ शान्तिको योगदान दिने कार्यक्रम रहेको छ ।
( ब्रह्माकुमारि इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रिय कार्यालय, बुटबल ।