जापानमा एक नेपाली युवाको मृत्यु

बुलेटिन संवाददाता
२५ पुष २०७६, शुक्रबार १५:२६

जापान । जापानमा एक नेपाली युवाको मृत्यु भएको छ ।

रोजगरीको सिलसिलामा जापानमा रहेका एक नेपाली युवाको हृदयघातका कारण मृत्यु भएको हो । जापानको सिन्जुकु शहरमा बसोबास गर्दै आइरहेका २७ बर्षीय सुरज कंडेलको मृत्यु भएको हो ।

गैंडाकोट नगरपालिका ६ नवलपरासी स्थायी घर भएका सुरज विगत चार बर्षदेखि जापानमा बस्दै आएका थिए । उनी एक्कासी बेहोस भएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

मृतकको पारिवारिक आर्थिक अवस्था कमजोर रहेकाले मृतकको अन्त्येष्टि जापानमै गर्न लागिएको नवलपुर समाज जापानले जानकारी दिएको छ । उनको अन्त्येष्टि लागि जापानमा पनि निकै खर्चिलो हुने भएकाले नवलपुर समाज जापानले आर्थिक सहयोग गरिदिन सबैमा आह्वान गरेको छ ।