अष्ट्रेलियामा ३ नेपालीको मृत्यु

बुलेटिन संवाददाता
२० पुष २०७६, आईतवार १२:२५

सिड्नी । दुई दिनमा भएका घटनामा परी अष्ट्रेलियामा तीन नेपालीको मृत्यु भएको छ । बेरोरा क्षेत्रमा दुई नेपालीको पौडी खेल्ने क्रममा मृत्यु भएको छ ।

शुक्रबार बेलुकी चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुलीको मृत्यु भएको हो । पौडी खेल्ने क्रममा गम्भीर घाइते प्रदीप पाण्डेको भने उपचार भैरहेको छ । उनको हेलिकप्टरबाट उद्दार गरेर अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै अरेन्ज शहरमा बिहीबार अर्का एक नेपालीको मृत्यु भएको छ । तालमा डुबेर रुपेन तामाङ नामका नेपाली नागरिकको मृत्यु भएको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले जनाएको छ ।