पूर्वी तराइ र मैथली समाजमा प्रचलित नाच सिकाउन बुटवलमा प्रशिक्षण

बुलेटिन संवाददाता
२० पुष २०७६, आईतवार ०८:५०

बुटवल । नृत्यकर्मी संघ नेपाल रुपन्देही र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको आयोजनामा बुटवलमा ४ दिने नृत्य प्रशिक्षण संचालन भएको छ ।

पूर्वी तराइ र मैथली समाजमा प्रचलित नाचलाइ प्रबद्र्धन गर्नका लागि बुटवलमा यसप्रकारको तालिम संचालन गरिएको साधना सास्कृतिक कलाकेन्द्र बुटवल ८ का अध्यक्ष अनुरजकले बताए ।

बिभिन्न बिद्यालयमा नाच सिकाउने प्रशिक्षक २२ जनाले तालिममा सहभागिता जनाएका छन् । सो तालिममा बरिष्ठ नृत्य प्रशिक्षक ओमप्रकाश बस्नेतले प्रशिक्षण दिएका छन ।
खासगरि पूर्वी तराइ र मैथली समाजमा प्रचलित नाच झिंझिया, सामाचखेवा ,जर्जरी, झुमरीया, झांगड नाच सिकाइएको हो ।

सो तालिम साधना सास्कृतिक कलाकेन्द्र बुटवल ८ मा भैरहेको छ तालिम आइतबार सकिदै छ ।