‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ : ‘भ्वाईस अफ बुटवलको’ फाईनलमा २० जनाले प्रतिस्पर्धा गर्दै

बुलेटिन संवाददाता
७ पुष २०७६, सोमबार १७:२५

बुटवल । बुटवल उद्योग बाणिज्य संघको सञ्चालन हुन लागेको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा सञ्चालन हुने भ्वाईस अफ बुटवलकालागि छनौट चरण सकिएको छ । फाईनल प्रतिस्पर्धाकालागि छनौट चरणमा २० जनालाई छानिएको आधुनिक तथा बिबिध सांस्कृतिक कार्यक्रम व्यबस्थापन उपसमितिका संयोजक मनोज ध्वजुले जानकारी गराए ।

बुटवलको ‘बटौली बेकरी क्याफे’ मा भएको छनौट चरणबाट रोषन गुरुङ्, विष्णु चापागाई, सिद्धार्थ गैरे, सरोज बस्याल, लिलबहादुर गरौजा, सौगात रिजाल, सुजन परियार, अमर गिरी, सुरेस परियार, अनिसा थापा क्षेत्री, राधिका भुसाललाई छनौट गरिएको छ । त्यस्तैगरी फाईनल प्रतिस्पर्धाकालागि अञ्जली थारु, अस्मिता बुढाथोकी, सर्मिला सेन्चुरी, वर्षा ज्ञवाली, सन्दिप मगर, नविन भट्टराई, गणेश हरिजन, नयन पुन मगर र अस्मिता मगर क्षेत्रीलाई छनौट गरिएको उनले जानकारी गराए ।

फाईनल राउण्ड १० गतेदेखि सुरु हुनेछ । फाईनल प्रतिस्पर्धामा टप २० बाट निर्णायकको निर्णयका आधारमा ४ जना बाहिरिने छन् । टप १६ बाट भने भोटिङ् राउण्ड सुरु हुनेछ । जसमा ५० प्रतिशत अंग निर्णायकले निर्णय गर्नेछन् भने ५० प्रतिशत अंक भोटिङको आधारमा प्राप्त गर्नेछन् ।

गोदरेज किचनको प्रायोजनमा आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेलाई ६५ हजार ५५५, द्वितीय हुनेलाई ३५ हजार ५५५ र तृतीय हुनेलाई २५ हजार ५५५ रुपैंया नगद सहित पुरस्कार प्रदान गरिने छ ।