जिल्ला स्तरिय नाटक प्रतियोगिता सम्पन्न

बुलेटिन संवाददाता
५ पुष २०७६, शनिबार १३:०९

बुटवल । रुपन्देहीमा पहिलो पटक जिल्ला स्तरिय नाटक प्रतियोगिता सम्पन्न भएको छ ।

नाटकका माध्यमबाट सचेतना जोगाउने उद्देश्यले मणिमुकुन्द कलेजको संस्था एमएसएसएस र एमएससिसिको आयोजनामा नाटक प्रतियोगिताको आयोजना गरिएको हो ।

उक्त प्रतियोगिताको एक कार्यक्रमका बीच सञ्चालक समिति अध्यक्ष गम प्रसाद रेश्मीले गरे । सो अवसरमा बोल्दै समाजमा सचेतना जगाउने सम्भावहक नाट्य क्षेत्र रहेको भन्दै यसमा विद्यार्थीहरुलाई प्रोत्साहित गर्नुपर्ने बताए ।

प्रतियोगितामा होराईजन जिविएस प्रथम, मणिमुकुन्द कलेज द्धितिय र सेन्ट जोसेप विद्यालय तृतिय हुन सफल भए । विजयी विद्यार्थीहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा बरिष्ठ साहित्यकार चिरन बराल र कुलचन्द्र पुरीले निर्णायकको भुमिका निर्बाह गरेका थिए ।

विद्यार्थी अस्मिता श्रेष्ठ र विवेक क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य टुक बहादुर क्षेत्री, सञ्चालक समिति सदस्य उमापती न्यौपाने लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यार्थी सुमान्सी खत्रीको स्वागतमा भएको कार्यक्रमको सञ्चालन विवेक क्षेत्री र सेजल भण्डारीले गरेका थिए ।