जेष्ठ नागरिकलाई आस्था सहकारीको सहयोग

बुलेटिन संवाददाता
१७ मंसिर २०७६, मंगलवार १६:०३

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १३ मा रहेको आस्था बहुउद्देश्यीय सहकारी संस्थाले जेष्ठ नागरिकलाई न्यायो कपडा वितरण गरेको छ ।

सहकारीको साधारणको सभाको अवसर पारेर संस्थाले मंगलबार बुटवल २ मा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैंजु बृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई न्यायो कपडा स्वीटर, टोपी तथा ट्रयाकसुट वितरण गरिएको हो ।

संस्थाका अध्यक्ष बसन्तप्रसाद ढकाल र बुटवल उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष रमेश नेपालले बृद्धाश्रमका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठलाई १५ हजार रुपैंया बराबरको न्यानो कपडा हस्तान्तरण गरेका थिए ।

न्यानो कपडा वितरण गर्दै वडा अध्यक्ष नेपालले सहकारीले साधारण सभाको अवसरमा बृद्धबृद्धालाई सम्मान गरेर न्यानोकपडा प्रदान गरेकामा धन्यवाद दिँदै जाडो सुरु हुँनै लाग्दा प्रदान गरेको कपडा जेष्ठ नागरिककालागि पनि उपयोगी हुने बताए ।

त्यस्तै सहकारी संस्थाका अध्यक्ष ढकालले सहकारीले सामाजिक उत्तरदायित्व बहन गरेर जेष्ठनागरिकको सम्मानकालागि न्यानो कपडा प्रदान गर्ने निर्णय गरिएको बताए । उनले जाडो सुरु हुनै लाग्दा प्रदान गरिएको कपडा जेष्ठ नागरिकका लागि पनि उपयोगि हुने विश्वास व्यक्त गरे ।

आश्रमका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले जेष्ठ नागरिकलाई प्रदान गरिएको न्यानो कपडा ग्रहण गर्दै संघसंस्थाको सानो सानो सहयोगबाट नै आश्रम सञ्चालन भएको र संस्थाले जेष्ठ नागरिकलाई सम्झेर सहयोग गरेकोमा आभार व्यक्त गरे ।

सहकारीको उपाध्यक्ष तथा कार्यक्रम संयोजक शोभाखर पोखरेलको स्वागत तथा सदस्य मधुकला कुवँरको सञ्चालनमा कार्यक्रम भएको थियो । सहकारीको यहि मंसिर २१ गते शनिबार वार्षिक साधारण सभा हुँदैछ ।