तेह्रौ सागको उद्घाटन सत्र सुरु लाईभ हेर्नुहोस

बुलेटिन संवाददाता
१५ मंसिर २०७६, आईतवार १७:२६

काठमाण्डौ । १३औं साग खेलकुदको उद्घाटन सत्र सुरु भएको छ । उद्घाटनका लागि यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीसहित देशका विशिष्ट व्यक्तिहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका छन् ।

उद्घाटन सत्रमा यतिबेला खेलाडीहरूले मार्च पास गरिरहेका छन् । २० वर्षपछि घरेलु मैदानमा हुँदै गरेको सागमा ५ सय ९४ खेलाडी २७ वटा विभिन्न खेलमा प्रतिस्पर्धा गर्दैछन् ।