उपनिर्वाचन : हुम्लाको खार्पूनाथ गाउँपालिका उपाध्यक्षमा नेकपा उम्मेदवार विजयी

बुलेटिन संवाददाता
१५ मंसिर २०७६, आईतवार १५:३४

हुम्ला । हुम्लाको खार्पूनाथ गाउँपालिका उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेद्वार रुपा शाही विजयी भएकी छन । नेकपा उम्मेदवार शाहीले १४५४ ल्याइन भने उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारा शाहीले १३५८ मत ल्याइन ।

यसअघि गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार सिन्धु हमाल विजयी भएकी थिइन् । उनले १०१८ मत ल्याएकी थिइन् । नेकपाकी रुपा शाही ९५९ मत ल्याई पराजित भएकी थिइन् । उपाध्यक्ष हमालको सवारी दुर्घटनमा परी निधन भएको थियो ।