यसरी हटाउनु होस, डार्क सर्कल

बुलेटिन संवाददाता
३ मंसिर २०७६, मंगलवार १४:३३

 भिटामिन ए युक्त खानेकुरा, जस्तैः फर्सी, पाकेको मेवा, गाँजर, आँप, हरियो सागपात आदि खानुपर्छ । यसले छालाको रिपेयरिङ र टाइटानिङमा मद्दत गर्छ ।

भिटामिन सीले दिमागमा सेराटोनिन नामक रसायन उत्पादन गर्छ, जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । अनि, डार्क सर्कल बिस्तारै हट्दै जान्छ ।

अंगुर, ब्लुबेरी, बन्दाकोबी, केराउजस्ता भिटामिन ‘के’ युक्त खानेकुराको सेवनले डार्क सर्कल कम गर्छ ।

 आँखावरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ ।

 कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ । यसलाई १० देखि १५ मिनेटसम्म लगाएर त्यसपछि धुन सकिन्छ ।

 सुत्नुअघि मनतातो पानीमा बेकिङ सोडा लगाएर धुने गर्नाले पनि डार्क सर्कल क्रमशः हराएर जान्छ ।

 भिटामिन ई क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा समेत कालो घेरा आउने समस्याबाट राहत पाउन सकिन्छ ।