नेपालगञ्जमा मोटरसाइकल दुर्घटना: १ को मृत्यु

बुलेटिन संवाददाता
३ मंसिर २०७६, मंगलवार १३:२४

नेपालगञ्ज । मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ।

नेपालगञ्जमा सोमबार राती साढे ११ बजे नेपालगञ्जको सेतुविक चोक नजिक भे ५ प ५६७८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २१ वर्षका लक्ष्मण ढुंगानाको मृत्यु भएको छ ।

बर्दियाका ढुंगाना नेपालगञ्ज–८ मा डेरा गरी बस्थे । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले दुर्घटनामा गम्भीर घाइते भएका ढुंगानाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको  जानकारी दिए ।