नवज्योती युवा क्लवको तेस्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न

रेनुका गिरी
२ मंसिर २०७६, सोमबार १९:२२

बुटवल । तिलोत्तमा नगरपालीका–१ मा रहेको नवज्योती युवा क्लवको तेस्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन शंकरनगरमा सम्पन्न भएको छ । अधिवेशनले दिपेश कंडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा गोविन्द श्रेष्ठ, सचिवमा सागर भट्टराई, सह–सचिवमा नहकुल खनाल र कोषाध्यक्षमा प्रेमकुमार के.सी (सोनु) रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा माधव प्रसाद पाण्डे, ज्ञानु श्रेष्ठ, रविन गौतम, छाँया पन्त (बसन्ती), विकास गरुङ्ग, रेणु गिरी, सुमन खरेल, प्रकास क्षेत्री, उमेश कार्की, बद्री घिमिरे रहनु भएको छ ।
अधिवेसन अघि कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालीका वडा नं. १ का वडाध्यक्ष तामनाथ पाण्डेले क्लवले समाजमा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।
क्लवले तिलोत्तमा नगरपालिमा डस्टवीन वितरण, रक्तदान कार्यक्रम, रात्री गस्ती, वडाहरुमा सरसफाई कार्यक्रम, क्रिकेट प्रतियोगिता लगायतका कार्यहरु गर्दै आएको छ ।
सो अवसरमा शंकरनगर सामुदायीक वनका अध्यक्ष राम गिरी, बनबाटिका तथा अनुसन्धान केन्द्रका ईन्चार्ज खिमलाल पाण्डे, क्लवका निबर्तमान अध्यक्ष चन्द्रकान्त पाण्डे समाजसेवी क्याप्टेन प्रेमबहादुर भण्डारी, रेनुका खरेल लगायतले बोल्नु भएको थियो ।