लायन्स क्लव अफ बुटवल तिलोत्तमाद्धारा पिस पोष्टर प्रतियोगिता सम्पन्न

बुलेटिन संवाददाता
१ मंसिर २०७६, आईतवार १९:४५

बुटवल । लायन्स क्लव अफ बुटवल तिलोत्तमाले आज बुटवलको कान्ति माबिमा पिस पोष्टर प्रतियोगिता सम्पन्न गरेको छ ।

शान्तिको यात्रा बिषयमा गरिएको प्रतियोगितामा आशिका कुँवर प्रथम भइन भने स्नेहा भुसाल, स्नेहा सिंह र दृष्टि आचार्यले क्रमस द्धितिय, तृतीय र सान्त्वना स्थान हात पारेका छन ।

क्लवका अध्यक्ष राजेन्द्र बहादुर शाक्यको अध्यक्षता, लायन्स क्लव डिष्ट्रिक को-चिफ एड्भाइजर शुरेस रत्न बज्राचार्यको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमकमा क्लवका जोन चेयर पर्सन रमेश श्रेष्ठ र बिद्यालयका सह प्राचार्य केदार नाथ ज्ञवाली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन क्लवका सचिव प्रगति रत्न गुभाजुले गर्नुभएको थियो ।

प्रतियोगितामा अमित कसौधन र राजन पौड्यालले निर्णयकको भुमिका खेलको कार्यक्रम संयोजक प्रमो उदयले जानकारी दिनुभयो ।