भैरव प्रावि पाल्पाका सबै विद्यार्थीलाई न्यानो कपडा

बुलेटिन संवाददाता
२१ कार्तिक २०७६, बिहीबार १५:४६

पाल्पा २१, कार्तिक ।
पशुपति अन्नपूर्ण आश्रम, दरबारमार्ग काठमाडौंले विद्यार्थीलाई न्यानो कपडा सहयोग लिएर पाल्पा आएको छ ।

आश्रमले श्री भैरव प्राथमिक विद्यालय बन्दिपोखरा–५, बाँझा पाल्पाका कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीका लागि न्यानो लुगा (ज्याकेट) लिएर बुधबार पाल्पा आएको हो । विद्यालयले राखेको निवेदनका आधारमा आश्रमलले विद्यालयका सवै विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको भैरव प्राथमिक विद्यालय बन्दिपोखरा पाल्पाकी प्रधानाध्यापक भावना खनालले जानकारी दिइन ।

उनका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गोदार र विद्यालयका प्रधानाध्यापक भावना खनालले पशुपति अन्नपूर्ण आश्रमको सहयोगप्रति आभार व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गोदारको अध्यक्षतामा चलेको कार्यक्रममा सिद्धि विनायक एकेडेमी पाल्पाकी प्रिन्सिपल मञ्जु ज्ञवाली, पशुपति अन्नपूर्ण आश्रम नेपाल राष्ट्रिय समिति प्रदेश नंं ३ को उपप्रमुख श्रीकृष्ण न्यौपाने, पशुपति अन्नपूर्ण आश्रम अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष तथा पाल्पा जिल्ला शाखाका सभापति महेश्वरी कुवँर लगायतले मन्तव्य राखेका थिए ।