२३ औं स्थापना दिवसको अवसर मानव सेवा आश्रममा खाना खुवाइयो

बुलेटिन संवाददाता
२० कार्तिक २०७६, बुधबार १७:३८

बुटवल । बुटवल ९ स्थित सामुदायिक बहुउद्धेशिय सहकारी संस्था लि. ले बुधबार मानव सेवा आश्रमका रहेका अनाथ, अपाङगता, मानसिक रोगी एवं घरबार विहिनहरुलाई खाना खुवाएको छ ।

आफ्नो २३ औं स्थापना दिवसको अवसर सहकारीले बुधबार खाना खुवाएको हो । सहकारीका अध्यक्ष खेम लुईटेलले सामाजिक उत्तरदायित्व अनुसार आश्रममा रहेकाहरुलाई खाना खुवाइएको बताए ।

उनले विगतका बर्षहरु पनि सहकारीले सामाजिक काम गर्दै आएको बताउँदै यस बर्ष पनि त्यसैको निरन्तरता अनुसार खाना खुवाउने कार्य गरेको उनले बताए । खाना खुवाउने कार्यक्रमका कार्यक्रम संयोजक भुवनेश्वर प्रसाद भण्डारीले अन्य सामाजिक कार्य भन्दा अनाथ, मानसिक रोगी, अपाङगता एवं अशक्तहरुलाई सेवा गर्नु नै उत्तम मानेर सहकारीले आश्रममा विहानको खाना खुवाएको बताए ।

उक्त कार्यक्रम सचिव क्रृषिराम पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो।