प्युठानमा साहित्य गोष्ठी सम्पन्न

बुलेटिन संवाददाता
१७ कार्तिक २०७६, आईतवार ११:१५

१७ कात्तिक, प्यूठान । पहिलो पटक प्युठानमा साहित्य गोष्ठी सम्पन्न भएको छ ।

हिजो (शनिबार) “मेरो देश हिमाल पनि हो अनि पहाड र तराई सबै हाम्रो हो सबै आफ्नो हो” भन्ने नाराका साथ  एक भव्य समारोहबीच प्युठानमा भालुवाङ्ग लगायत क्षेत्रका युवाहरूको उपस्थितीमा साहित्य गोष्ठि सम्पन्न भएको हो ।

आयोजक अनुसार कार्यक्रममा यूवाहरुले देशभरी जागरुक युवाहरूले एक भएर साहित्यक संस्था गठन गर्न देशको बारेमा आफ्नो मौलिक पहिचान जोगाउन मेरो नेपाल मेरो देश विषयमा सभ्य अनि भव्य रूपमा कवि गोष्ठी गरिएको हो ।

मनोज चौलागाईं, दिनेश अधिकारी, श्याम थापा, उमेश रौनियार, दिलविक्रम शाह, रवि शर्मा, अनन्त रेग्मी, शत्रुघन रोक्का लगायत दुई दर्शन कवि कवियत्रीले उक्त कार्यक्रममा आफ्नो रचना वाचन गरेको थिए।

उक्त कार्यक्रम कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरको प्रमुख आथित्यमा राजु बानियाँको सभापतित्वमा संचालन भएको थियो ।