बुटवल बहुउद्देश्यीय सहकारी संस्थाको २३ औ साधारण सभा सम्पन्न

बुलेटिन संवाददाता
१६ कार्तिक २०७६, शनिबार १७:०४

१६ कार्तिक, बुटवल । बुटवल बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष लोकनाथ प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष विष्णु प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो । आ.व.०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन अध्यक्षबाट प्रस्तुत गरेका थिए । लेखा समितिका संयोजक तुलसी प्रसाद भुसालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

हाल यस संस्थामा जम्मा १,४८७ सदस्य रहेका छन् त्यसै गरी संस्थाको शेयर पूँजी रु १२ करोड, निक्षेप बचत रकम रु ९२ करोड रहेको छ । लगानीमा रहेको कर्जा ९० करोड सहितको आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्री टेकनाथ अर्यालले प्रस्तुत गरेका थिए ।  भु.पु.सैनिक कल्याण क्लव, बुटवल ११, देवीनगरमा सम्पन्न कार्यक्रममा संस्थाका वरीष्ठ उपाध्यक्ष अर्जुन रानाभाटले स्वागत गरेका थिए भने, उक्त कार्यक्रमको सञ्चालन सचिव बुद्धिमान थापाले गरेका थिए ।

सोही कार्यक्रममा संस्थाका सदस्यहरु एवं सदस्यका छोराछोरीले शैक्षिक क्षेत्रका विभिन्न विद्यामा उत्कृष्टता हासिल गर्नेलाई सम्मान एवं जेष्ठ नागरीक तथा असल सदस्यलाई सम्मान गरीएको छ । आगामी दिनमा संस्थाको बहुउद्देश्यीय अनुरुपका कार्यहरु गर्ने योजना अनुरुप कार्य भईरहेको अध्यक्ष भुसालले बताए ।