‘वाइल्ड रिपर्ज क्रु’ले ततायो साँझ, अफ्सरको गितमा ननाच्ने कोही भएनन् (भिडियो सहित)

बुलेटिन संवाददाता
९ कार्तिक २०७६, शनिबार ०९:५५

९ कार्तिक, बुटवल । वाइल्ड रिपर्ज क्रु को प्रस्तुतीले लायन्स नाइटमा दर्शकको ध्यान तानेको छ । लायन्स क्लव अफ भलवारी सिटीले शुक्रबार आयोजना गरेको लायन्स साँझमा हिपहप डान्स ग्रुप नामले पनि चिनिने वाइल्ड रिपर्ज क्रु को धमाकेदार बिबोइङ्ग नृत्यले गज्जवले दर्शक आकर्शित गरेको थियो ।

कार्यक्रममा अफ्सर अलिले पारि त्यो डाँडामा हेर र क्या दामी भो बोलका गीत गाउदा त ननच्ने कोही भएनन् । दर्शकहरु सबै उठेर कोही हात हल्लाउदै त कोही नाच्दै गीतको आनन्द लिए । उनले गीत गाउदै गर्दा सबैजसो कुर्ची खाली देखिन्थे । उनको गीतले दर्शकहरु स्टेजतर्फ तानिएका थिए ।

त्यस्तै नवोदित गायिका एञ्लिा रेग्मीले ओई तिम्रो छ कि छैन कोही र बस बस रे बोलका गित गाउदा पनि दर्शकले मज्जाले आनन्द लिए ।
लायन्स क्लव अफ भलवारी सिटीले निशुल्क स्वास्थ्य शिविरका संचालनका लागी आयोजना गरेको लायन्स नाइटमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका हुन ।

मधुमेह र आखाँ रोग सम्बन्धि शिविर संचालनका लागि क्लवले तिलोत्तमा नगरपालिकाको मंगलापुर स्थित बोधी विल्लामा शुक्रबार साँझ लायन्स नाईटको आयोजना गरेको थियो ।

कार्यक्रममा वाइल्ड रिपर्जसंगै, गायिका एञ्जिला रेग्मी, अलि ब्रदर्श, नेपाल आइडलका अफ्सर अली र शाहीर अलि लगायतको प्रस्तुती रहेको थियो । साथै तिलोत्तमा डान्सिङ्ग स्टार शुसिला सिंजाली र अन्य स्थानिय कलाकारहरुको पनि कार्यक्रममा प्रस्तुति रहेको थियो ।

लायन्स क्लव अफ भलवारी सिटीका अध्यक्ष श्रवण कुमार खाम्चाको अध्यक्षता, लायन्स क्लव जोन चेयर पर्सन डि. बि थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

औपचारिक कार्यक्रमको संचालन क्लवका सचिव आनन्द मरासिनीले गरेका थिए भने साँगीतिक कार्यक्रमको संचालन जिवन भण्डारीले गरेका थिए ।

सोही कार्यक्रममा लियो क्लव अफ भलवारिको उद्घाटन गरिएको थियो ।

रिपर्जको धमाकेदार प्रस्तुतीको भिडियो हेर्नुहोस