वाइल्ड रिपर्ज क्रु आज रुपन्देहीको तिलोत्तमा आउदै

बुलेटिन संवाददाता
८ कार्तिक २०७६, शुक्रबार १०:४४

८ कार्तिक, बुटवल । हिपहप डान्स ग्रुप नामले चिनिने वाइल्ड रिपर्ज क्रु आज रुपन्देही आउदै छ । लायन्स क्लव अफ भलवारी सिटीले निशुल्क स्वास्थ्य शिविर संचालनका लागि गरेको सांगितिक कार्यक्रममा भाग लिन सो क्रु रुपन्देही आउन लागेको हो ।

मधुमेह र आखा रोग सम्बन्धि शिविर संचालनका लागि क्लवले तिलोत्तमा नगरपालिकाको मंगलापुर स्थित बोधी विल्लामा आज साँझ लायन्स नाईटको आयोजना गरेको हो ।

भारतको प्रतिष्ठित डान्स रियालिटी सो ‘डान्स प्लस सिजन-२’मा दोस्रो भएको वाइल्ड रिपर्ज क्रुले डेल डान्स कम्पिटिसन २०१२, अल नेपाल उर्बन स्ट्रिट डान्स कम्पिटिसन २०१३ लगायत थुप्रै उपाधि हात पारिसकेको छ ।

नेपाली युवायुवतीको माझ निकै लोकप्रिय बनेको सो क्रु टिममा जम्मा ९ जना सदस्य छन् । र सबै सदस्य काठमाडौं, धनगडी र बुटवल गरी तीन सहरबाट रहेका छन् । क्रु टिममा बुद्ध लामा, रोन सिंह, किरण थापा, सुरेन राई र सन्तोष दर्जी छन् । यसैगरि साउल जेम्स बोडी, सागर राई, सुमन तामाङ र सुरज थापा मगर पनि क्रु टिममा छन् ।

हिन्दुहरुको दोस्रो ठुलो चार्ड दिपावलीको अबसर पारेर आयोजना गरिएको सो कार्यक्रममा नृत्य र गायनका बिभिन्न कलाकार र ब्याण्डहरुको प्रस्तुति रहने क्लवका अध्यक्ष श्रवण  कुमार थापा खाम्चाले जानकारी दिए ।


कार्यक्रममा वाइल्ड रिपर्जसंगै, गायिका एञ्जिला रेग्मी, अलि ब्रदर्श, नेपाल आइडलका अफ्सर अली र शाहीर अलि लगायतको प्रस्तुती रहने कार्यक्रमका संयोजक संतोष लम्सालले जानकारी दिए । साथै तिलोत्तमा डान्सिङ्ग स्टार शुसिला सिंजाली र अन्य स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने क्वलले जनाएको छ । कार्यक्रमको आबश्यक सम्पुर्ण तयारी पुरा भएको लम्सालले जानकारी दिए ।