हामी यस्तै त हो नी ब्रो का गायक भिटेन पक्राउ

बुलेटिन संवाददाता
७ कार्तिक २०७६, बिहीबार १२:१७

७ कार्तिक, काठमाडौ । र्यापर भिटेन पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले भिटेन उर्फ समीर घिसिङलाई पक्राउ गरेको हो ।

पछिल्लो समय हामी यस्तै त हो नी ब्रो…. गीतबाट भिटेनले चर्चा कमाएका थिए ।

गीतमा अपाच्य शब्द प्रयोग भएको भन्दै यस गीतको विरोध समेत हुँदै आएको थियो । उक्त गीतमा उनले प्रहरीलाई डन्ठे भनेर भनेका छन् । गीतमा उनले पुलिस चौकी भित्रै दारु खाँदै मस्ती गर्छु भन्ने शब्द प्रयोग गरेका छन् ।

भिटेनमाथि नेपाल प्रहरी संगठनकै बेइज्जती गरेको र असईको पोशाक लगाएर गाँजा तानेको प्रोफाइल तस्विर समेत राखेको अभियोग लागेको छ । गीतमा अन्य अश्लील शब्दहरुको समेत प्रयोग गरिएको छ ।

उनको गीतको केही शब्द यस्तो छ :

गाँजा सल्काउछु म गाना घन्काउँछु
नचाइदिन्छु आमा बाउ दाजु र भाउजु
थरी थरी चुरोट खान्छु थरी थरी रक्सी
थरी थरी खैरे भेट्छु अन्तराष्ट्रिय हप्सी
पुलिसचौकी भित्र गर्छु दारु खाँदै मस्ती
करोडौंको लोन दिएँ शाहरुख खानलाई अस्ती
थाइल्याण्डको माल हान्छु बनारसको पान खान्छु
भात खान्छु बेलायतको हग्न आउँछु काठमाडौं
राजेश हमाल आइराथ्यो अस्ती मेरो सुटिङमा
अफर आयो मलाई खेल्नु पर्यो अरे ब्लू फिल्ममा
डण्ठेहरुलाई फसाइन….

प्रहरीले केही दिनअघि मात्र दुर्गेश थापालाई नियन्त्रणमा लिएको थियो । तिहार लक्षित गीतमा केही अपाच्य शब्द प्रयोग गरिएपगि प्रहरीले दुर्गेशलाई पक्राउ गरेको थियो ।