बालकृष्ण पाण्डेको ‘मुलको पानी’मा पल र स्मारिका

बुलेटिन संवाददाता
६ कार्तिक २०७६, बुधबार १०:२०

६ कार्तिक, बुटवल । ‘मुलको पानी’ बोलको नयाँ  सांगीतक कोशेली बजारमा आएको छ । लामो समयदेखि संगीत साधनामा रहेका गायक बालकृष्ण पाण्डेले सो गीत बजारमा ल्याएका हुन । लोकभाकाको यो गीतमा उनलाई कल्पना कुसुमको साथ रहेको छ ।

अर्घाखाँचीमा जन्मेर बुटवललाई कर्मथलो बनाइरेहेका गायक बालकृष्णले यसअघि पनि केही गीत बजारमा ल्याईसकेका छन । उनका यसअघिका गितहरुपनि लोकप्रिय छन ।

बालकृष्ण गायनसंगै प्रध्यापन पेशामा समेत रहेका छन । उनले बुटवलका बिभिन्न कलेजहरुमा लामो समयदेखी प्रध्यापन गर्दै आएका छन ।

‘मुलकोा पानी’ ले केही दिनमै झण्डै ५ लाख  भ्यूज पाइसकेको छ । गीतको म्युजिक भिडियोमा चर्चित नायक पल शाहलाई स्मारिका कुँवरले साथ दिएकी छन् ।

गीतमा शब्द र संगीत राजकुमार बगरको रहेको छ । म्युजिक भिडियो निर्देशन विक्रम चौहानले गरेका हुन् ।

‘मुलको पानी’ पुरै भिडिया हेर्न तलको लिंक क्लिक गर्नुहोस्

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/klvM9N7n3c8″ frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>