गायक दुर्गेश थापालाई पक्राउ

बुलेटिन संवाददाता
५ कार्तिक २०७६, मंगलवार १२:५१

५ कार्तिक, काठमाडौ । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको पुष्टि गरेको छ ।

देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

तिहार लक्षित गरी दुर्गेशले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।

‘ह्याप्पी तिहारमा उनले यस्ताे गीत गाएका थिए ।

डन आयो डन,
जा मूला भन्,
राजा हो राजा,
बजाइदिन्छ बाजा,
ए निकाल गाँजा,
खानुपर्छ आज ।