महरा अदालतमा, फेरि म्याद थप्ने तयारी

बुलेटिन संवाददाता
३ कार्तिक २०७६, आईतवार १२:४१

३ कार्तिक, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ ।

जबरजस्तीकरणी उद्योगको मुद्दामा अनुसन्धान पूरा नभएपछि आज पुनः म्याद थप गर्ने बताइएको छ ।

यसअघि महरालाई जिल्ला अदालत काठमाडौंले असोज २८ गते थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो ।

थपिएको समयमा समेत अनुसन्धान नसकिएपछि फेरि म्याद थप्ने तयारी भएको हो । महरालाई संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी (रोशनी शाही) माथि बलात्कार प्रयास गरेको आरोप लागेपछि पक्राउ गरिएको हो ।

असोज १९ गतेदेखि महरा प्रहरीको नियन्त्रणमा छन् ।