बुुटवलमा हिप हप जात्रा हुुँदै

बुलेटिन संवाददाता
३० आश्विन २०७६, बिहीबार १९:५१

३० असोज, बुुटवल । यस क्षेत्रमै पहिलो पटक बुुटवलमा हिप हप जात्रा हुुने भएको छ । रायड इन कोअपरेटिभ, काठमाडौंले बुुटवलमा पश्चिमा देशको कलालाई यस क्षेत्रमा पनि प्रचार गर्न हिप हप जात्रा नामक कन्सर्ट गर्न लागेको हो ।

बुुटवल कालिकानगरस्थित द कन्सेप्ट बारमा साँझ ६ बजेदेखि कार्यक्रम सुुरु हुुने कलाकार सक्षम श्रेष्ठले जानकारी दिए । काठमाडौंपछि बुटवलमा यो कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रमको सबै तयारी पूूरा भएको छ । सो अवसरमा ६ वटा प्रस्तुति रहनेछन । प्रनेश गौतम र विशाल गौतम, न्यास्टी, स्पार्क, ग्रीर्जलको विशेष प्रस्तुति रहने छ । पछिल्लो समय पश्चिमा कलाप्रति नेपालमा रुचि बढदो छ ।