आईसियु/सिसियु एम्बुलेन्सका लागि सास्कृतिक कार्यक्रम हुदै

बुलेटिन संवाददाता
२७ आश्विन २०७६, सोमबार १८:०४

२७ असोज, बुटवल । गौतम बुघ्द सामुदायिक मुटु अस्पतालमा आईसियुरसिसियु एम्बुलेन्सका संचालन गर्नका लागि सास्कृतिक कार्यक्रमबाट सहयोग जुटाउने भएको छ ।

रोटरी क्लब अफ सेन्ट्रल बुटवलको आयोजनामा रोटरी क्लब अफ भैरहवा, रोटरी क्लब अफ तिनाउ बुटवल, रोटरी क्लब अफ लुम्बिनी स्टारसहित रोट्याक्ट, ईन्ट्रायाक गरि एक दर्जन क्लबहरुले सहयोगमा कार्यक्रम हुने भएको हो ।

कार्तिक २३ गते बुटवल मण्डपमा हुने कार्यक्रमको तयारी भैरहेको रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले बताए । कार्यक्रममा ३ हजार, ५ हजार र १० हजार ३ प्रकारको टिकट ब्यवस्था गरिएको उनले बताए । टिकट खरिद गर्ने दर्शकमध्ये २५ जनाका दरले ३ प्रकारको प्लानमा फ्रि फुलबडि चेकअपको ब्यवस्था गरिएको उनले बताए ।

गौतम बुघ्द सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बिरामीको सेवाका लागि एम्बुलेन्स सेवा थप गर्ने योजना रहेको बताए । करीब ६० लाख पर्ने एम्बुलेन्स पुर्ण रुपमा सुविधा सम्पन्न सेवा उपलब्ध हुने उनले बताए ।

एम्बुलेन्समा चिकित्सकसहितको सेवा हुने छ । सास्कृतिक संयोजक दिनेश राज रेग्मीले ३ घण्टाको समयमा कलाकारहरुले प्रस्तुति दिने बताए । राष्ट्रिय र स्थानिय कलाकारहरुलाई पारिश्रमिक र बसाई तथा अन्य टेन्स, साउण्ड लगायतमा सक्दो कम खर्च गर्ने सोच बनाएको उनले बताए ।

अन्य कार्यक्रमभन्दा थोरै रकममा कलाकारहरुलाई कार्यक्रमलाई सहयोग गर्ने उनले बताए । बुटवल मण्डपमा हुने कार्यक्रममा ८ देखि १० लाख खर्च हुने उनले बताए ।

नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दिनेश पाण्डेले यो क्षेत्र सामाजिक कार्यमा सहयोगीको ठुलो सहयोग हुँदै आएको बताए । नातिदेखि हवुरबाबासम्मले हेर्ने गरि सास्कृतिक कार्यक्रम गर्न सुझाव दिए ।